एपीएफ, पुलिस, आर्मी र ईण्डेन रेल्वे सेमिफाईनलमा प्रवेश

१६ फाल्गुन २०७३, सोमबार १३:०२
 

सदरलाइनडटकम 
१६ फागुन, नेपालगन्ज : प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यमश्चिमाञ्चललाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफसंगै नेपाल पुलिस क्लव भिड्ने भएको छ ।
नेपालगञ्जको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेका हुन ।
लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजक माथी सहज जित निकाल्यो । पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हरायो ।
अर्को खेलमा एपीएफले नेपाल आर्मीमाथी २५–५,२५–८ र २५–९ को सेटमा जित निकाल्यो । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह ‘ख’ को बिजेता बन्दा एक खेल जितेको आर्मी समूह ‘ख’ को उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पायो ।
साबिक बिजेता भारतको रेल्वे समूह ‘क’ बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । भारतीय दोश्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय ब्यहोरे पछि लिग चरणबाटै बाहिरिएका छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह ‘क’ को बिजेता रेल्वे र समूह ‘ख’ को उपबिजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह ‘ख’ को बिजेता एपीएफ र समूह ‘क’ को उपबिजता पुलिस बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब पैचो पसलका उत्पादन नेपालगन्जमा पनि

१६ फाल्गुन २०७३, सोमबार १३:०२
सदरलाइनडटकम   १६ फागुन, नेपालगन्ज : ग्रामिण क्षेत्रको उत्पादनलाई प्रसोधन गरी विक्रि वितरण गर्ने उद्देस्यले सञ्चालनमा आएको पैचो पसल प्रालिले नेपालगन्जमा पनि आफ्नो उत्पादन विक्रि वितरणको सुरुवात गरेको छ । लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कषि […]