पहिलो खजुरा महोत्सव सुरु सद्भावमय बताबरणमा उद्घाटन

११ माघ २०७३, मंगलवार ०३:५६
 

सदरलाइनडटकम 
११ माघ,खजुरा (बाँके) : बाँकेको खजुरामा पहिलो पटक खजुरा महोत्सव तथा व्यापारिक मेला सुरु भएको छ । बागेश्वरी गाविस कार्यालयसँगै जोडिएको ‘मुसबेटवाबाबा’ को मजारमा बाँके क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले च्यादर ओढाएर महोत्सवको उद्घाटन गरे ।
मुसबेटवा बाबा मजार स्वयम हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको सद्भावको प्रतिक भएकोले महोत्सवको उद्घाटन अघि सामाजिक सद्भाव झल्किने गरी हिन्दू र मुस्लिम समुदायका धर्मगुरुको नागरिक अभिनन्दन गरिएको थियो ।
दुबै धर्मावलम्बीहरुले उत्तिकै आस्था र सम्मान व्यक्त गर्दै सो मजारलाई मान्ने भएकोले दुई धर्मका धर्मगुरुलाई एउटै रथमा राखेर उनीहरुको नागरिक अभिनन्दन गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन अघि हिन्दू धर्म गुरु बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी र ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलाई रथयात्रा सहित खजुराको परिक्रमा गरिएको आयोजक आधुनिक युवा सञ्जाल बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।
खजुराबासीका तर्फबाट आफुहरुले पाएको नागरिक अभिनन्दनले समाजको लागि केही गर्नुपर्ने दायित्व थपेको महशुस भएको हिन्दू धर्मका धर्मगुरु तथा बागेश्वरी मन्दीरका मूलमहन्थ चन्द्रनाथ योगीले बताए । उनले सबै धर्मले मानवतालाई नै अंगिकार गर्ने भएकोले सबैको सम्मान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
यसैगरी ईस्लाम धर्मगुरु तथा मौलाना अब्दुल जब्बार मञ्जरीले ईस्लामले धर्मका कारण मानव–मानव बीच बिभेद नगर्न भनेको र समाजमा भाईचारा सद्भाव कायम गर्दै एकले अर्कोलाई सम्मान गर्दै अघि बढ्न सबै धर्मले निर्देश गरेको बताए ।
महोत्सवबाट बच्ने रकमले मुसबेटवा बाबा मजार पुननिर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । कृषि, पर्यटन प्रर्वद्धन, सांस्कृतिक एवं ऐतिहासिक धार्मिक मुसबेटवा बाबा प्रथम व्यापारिक महोत्सव माघ २१ गतेसम्म संचालन हुने भएको छ । महोत्सवस्थलमा हरेकबर्ष श्रीपञ्चमीमा तीनदिने धार्मिक मेला लाग्दै आएको छ ।
यसबर्ष महोत्सवसँगै मेला पनि संचालन हुने भएको छ । महोत्सवमा १७० भन्दा बढि स्टल राखिएको छ । कषि, औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्दै आर्थिक बृद्धि तथा विकास गर्ने महोत्सवको लक्ष्य भएपनि स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम आन्तरिक बजार सुदृढ पार्दै आयात प्रतिष्थापन गरी यस क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको विकास गर्ने लक्ष्य महोत्सवले लिएको छ ।
मुसबेटवा बाबा मजारको प्रचारप्रसार हुन सकेमा यसलाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फ विशेष ध्यान दिइने आयोजक समितिले जनाएको छ । महोत्सवस्थलमा ¥याप्mटिङ्गको पनि सुविधा छ । महोत्सवमा कलाकारहरु भुवन केसी, बद्री पंगेनी, ज्योती मगर, ईन्दिरा जोशी, पशुपति शर्मा, मनोज गजुरेल, राजु परियार लगायतको प्रस्तुती रहने छ । करिब ६० लाखको कारोबार हुने महोत्सवमा ७० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको संजालले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज नेपालगन्जमा फार्मेसी र क्यान्टीनको सुरुवात

११ माघ २०७३, मंगलवार ०३:५६
सदरलाइनडटकम    ११ माघ,  बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अस्पतालले २४ घण्टे सुविधा सहितको आफ्नै फार्मेसि र क्यान्टीन सुचारु गरेको छ । सो कार्यको उद्दघाटन अस्पतालका प्रकन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले गरेका थिए । अस्पतालमा उपचारको लागि आउने विरामीको लागि अस्पताल परिसरमा निजि औषधि विक्रिकक्ष भएपनि […]