नेपाल क्यान्सर अस्पतालको अध्यक्षमा पुनः किस्मत

७ माघ २०७३, शुक्रबार १४:०२
 

सदरलाइनडटकम  
७ माघ, नेपालगन्ज : प्रखर परोपकार मिसनद्वारा प्रस्तावित नेपाल क्यान्सर अस्पतालको अध्यक्षमा पुनः किस्मत कुमार कक्षपति चयन भएका छन् । क्यान्सर अस्पतालको शुक्रबार भएको १० औँ साधारण सभाले कक्षपतिलाई निर्विरोध निर्वाचित भएका हुन् ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा शिवराज श्रेष्ठ, उपाध्यक्षमा कान्तुराम गौतम, महासचिवमा राजेन्द्रकुमार आचार्य, सचिवमा सतिश निरौला, कोषाध्यक्षमा सूर्य रानाभाट (नेत्र) र सह–कोषाध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कक्षपतिका अनुसार सदस्हरुमा रामजीप्रसाद सापकोटा, रामेश्वर कँडेल, अब्दुल कादिर शेष, रोशन सापकोटा, रमेश सिजाली, महेन्द्र मल्ल ठकुरी, र शेर बहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैवीच, १० औँ साधारण सभामा नेपाल क्यान्सर अस्पताललाई राजनीतिबाट मुक्त राख्ने प्रतिवद्धता जनाइएको छ । अध्यक्ष कक्षपतिले अस्पतालको प्रगतिको बारेमा जानकारी दिँदै नीति तथा कार्यक्रम पारिद भए लगत्तै औपचारिक रुपमा अस्पतालले काम थाल्ने बताए ।
उनले अस्पतालको ४ विघा जमिनमा निर्माण भएको भौतिक संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । ‘गैरसरकारी संस्थाले क्यान्सर अस्पताल संचालन गर्न नमिल्ने भएकोले निर्माण भएका संरचना र जमिन सरकारलाई हस्तान्तरण गर्ने अन्तिम तयारी भइरहेको छ,’ अध्यक्ष कक्षपतिले भने ।
२०६५ सालमा महायज्ञ गरेर संचय भएको रकमबाट खजुरा क्षेत्रका २ सय क६२ जनाले क्यान्सर अस्पताल संचालन अभियान थालेका थिए । उक्त अस्पताल संचालनका लागि महायज्ञबाट ३ करोड रकम संकलन भएको थियो । भने, भौतिक संरचना निर्माणमा लागि राज्यले २७ करोड प्रदान गरिसकेको उनले जानकारी दिए । ‘यस आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘ओपिडी संचालनको अन्तिम तयारी भइरहेको छ, रेडियोलोजी भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।’ उनले अस्पतालको सम्पूर्ण संरचना तयार गर्न ७५ करोड लाग्ने बताए ।
कार्यक्रममा बाँके क्षेत्र नं. ४ का सांसद एवम् पूर्व सिँचाइ राज्य मन्त्री दल बहादुर सुनारले अस्पताल संचालनका लागि आवश्यक रकम राज्यले प्रदान गर्नुपर्ने बताए । उनले सांसद कोषको रकम उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा राज्यले लगानी गर्न कन्जुस्याई गर्न हुँदैन, आवश्यक रकम राज्यले प्रदान गर्नुपर्छ, यसका लागि मेरोतर्फबाट सहयोग गर्न तयार छु,’ सांसद सुनारले भने ।



बाँके क्षेत्र नं. २ बाट विजयी सांसद एवम् पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले धर्मसँग जोडिएको अस्पताललाई सहयोग गर्नुनै मानविय धर्म भएको बताए । उनले क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणमा रकम अभाव हुन नदिने प्रतिवद्धता जनाए । ‘बाँकेबाट प्रतिनिधित्व गर्ने सवै सांसदले १०–१० लाख मात्र दिएपनि एक करोड हुन्छ,’ उनले भने, ‘यसमा जिविसले पनि वजेट विनियोजन गर्नुपर्छ ।’
सांसद आशा विकले कसले कति दियो भन्दा पनि यसको संचालन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक भएको बताइन् । उनले पहिले पनि सहायोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई देशका सुरक्षा अधिकारीबीच भारतको नानपारामा बैठक सीमाक्षेत्रको शान्ति सुरक्षामा केन्द्रित रहेको सुरक्षा अधिकारीको भनाई

७ माघ २०७३, शुक्रबार १४:०२
सदरलाइनडटकम  ७  माघ, नेपालगन्ज : भारतको उत्तर प्रदेशमा आगामी महिना हुन लागेको प्रान्तिय निर्वाचन र सीमा क्षेत्रको समस्याका बारेमा नेपाल–भारतका प्रशाशक र सुरक्षा अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशको नानपारामा आयोजना गरिएको सो बैठकमा उत्तर प्रदेशसंग सीमाना जोडिएका बाँके, बर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला […]