नेपालगन्जमा महिला माथि आगजनी

७ माघ २०७३, शुक्रबार १३:२६
 

सदरलाइनडटकम 
७ माघ, नेपालगन्ज : नेपालगन्जमा बिहीबार राती महिलामाथि आगजनी भएको छ । पती पत्नीबीच भएको झगडा आगजनीमा परिणत भएको हो । नेपालगन्ज–१२ खटिकनपुरवाकी २३ वर्षीया अनिसा खटिक माथि उनकै पति राजेन्द्र खटिकद्वारा आगजनी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सरोज पौडेलले दिएको जानकारी अनुसार बिहीबार राती ९ बजे भएको सो घटनामा पीडित अनिसाले आफ्नै श्रीमान राजेन्द्रको कुटपिट सहन नसकेपछि आत्मदाहको प्रयास गरेको बयान दिएको भए पनि घटनामा उनकै पतिले उनीमाथि आगजनी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
जलेर गम्भीर घाइते भएकी अनिसाको बेहोस अवस्थामा भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारपछि शुक्रबारसाँझ थप उपचारको लागि काठमाण्डौ पठाईएको बाँकेकी प्रमुख महिला विकास अधिकृत सुनिता केसीले जानकारी दिईन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक पौडेलले सो घटनामा पीडित आफैले आत्मदाहको प्रयास गरेको बताईए पनि घटनास्थल र घटनापछि श्रीमान् राजेन्द्र खटिक आफै बेपत्ता हुनुले पनि घटनामा राजेन्द ्रकै हात हुनसक्ने आशंका रहेको बताए ।
प्रहरीका अनुसार अनिसालाई राजेन्द्रले मापसे सेवन गरी दिनहुँ कुटपिट गर्ने गरेको र बिहीबार राति पनि मदिरा सेवन गरेर घर आएका राजेन्द्रले श्रीमती अनिसालाई कुटपिट गर्न थालेपछि यातना सहन नसकेपछि श्रीमती अलिसाले बलिरहेको टुकीको मट्टीतेल टाउकोबाट खन्याइन् र आगो लगाएको बताएकी छन् । श्रीमान् राजेन्द्र भने आगो निभाउनुको सट्टा फरार भएका छन् ।
अलिसाको टाउको, अनुहार, घाँटी र छाती जलेको छ । उनको अवस्था गम्भीर छ र भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
गए राति ९ बजेतिर सो घटना भएको हो । जलेर बेहोस भएकी अनिसालाई स्थानीयले उपचारका लागि अस्पताल पु¥याएका थिए । उनको शुक्रबार बिहान होस आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रहरी नायव उपरीक्षक डीएसपी पौडेलले अलिसाका श्रीमान् राजेन्द्रको खोजी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल क्यान्सर अस्पतालको अध्यक्षमा पुनः किस्मत

७ माघ २०७३, शुक्रबार १३:२६
सदरलाइनडटकम   ७ माघ, नेपालगन्ज : प्रखर परोपकार मिसनद्वारा प्रस्तावित नेपाल क्यान्सर अस्पतालको अध्यक्षमा पुनः किस्मत कुमार कक्षपति चयन भएका छन् । क्यान्सर अस्पतालको शुक्रबार भएको १० औँ साधारण सभाले कक्षपतिलाई निर्विरोध निर्वाचित भएका हुन् । साधारण सभाले वरिष्ठ उपाध्यक्षमा शिवराज श्रेष्ठ, उपाध्यक्षमा कान्तुराम गौतम, महासचिवमा राजेन्द्रकुमार आचार्य, सचिवमा सतिश […]