बघौडा उज्यालो कार्यक्रम अन्तरगत सोलारसेट वितरण

६ माघ २०७३, बिहीबार १३:५६
 

सदरलाइनडटकम     
६ माघ, नेपालगन्ज  : बाँकेको राप्तीपारीका ६ गाविसलाई लक्षति गरी सञ्चालनमा ल्याईएको बघौडा उज्यालो कार्यक्रम अन्तरगत गंगापुर गाविसबाट सोलारसेट बितरण गर्दै सुरुवात गरिएको छ ।
जिविस बाँकेको निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा यस वर्ष पहिलो चरणमा राप्तीपारीका तीन गाविसका १ हजार ४ सय ५० घरधुरीलाई प्रत्यक घरधुरीमा एक सेटको दरले २० वाटको १ करोड ६२ लाख मुल्य बराबरको सोलारसेट वितरण गर्ने कार्यक्रम अनुसार गंगापुर गाविसबाट सुरु गरिएको हो । गंगापुर गाविसमा आयोजना गरीएको कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं.२ का सांसद एवम पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले गंगापुर–१ का नित्यानन्द मिश्रलाई सोलारसेट हस्तान्त्रण गरी सो कार्यको शुभारम्भ गरे । ३ वटा बत्ति बाल्न मिल्ने सो सोलार सेटको बजार मूल्य १२ हजार २ सय पर्ने भएपनि स्थानीय बासीले प्रतिघरधुरी दुईहजार मात्र जम्मा गरेर २० वाट क्षमताको सोलार सेट वितरण गर्न लागेको हो ।
उनले सोलार वितरण गर्दै भने–‘बघौडा क्षेत्र अत्यन्तै पिछडिएको क्षेत्र भएकोले यहाँको जनप्रतिनिधिको हिसाबले मैले बाटो, स्वास्थ्य, विजुलीबत्ति र खानेपानीको लागि प्राथामिकतामा राखेर स्थानीयको माग अनुसार काम गरेको छु ।’ उनले स्थानीयस्तरमा हुने विकास निर्माणमा त्यसको गुणस्तरियताको लागि आपैm सजग भएर लाग्नु पर्ने बताए ।
उनले आफ्नो कार्यकाल मै बघौडामा विजिुली पु¥याउनको लागि विभिन्न निकायसंग पहल गरेको बताउदै आउने वर्षभित्रै बघौडाका सबै घरमा सोलार प्यानल पु¥याउन आफु दृढ रहेको बताए । उनले आफ्नै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत मटैया–ईदगाह सडक ग्राबेल, गर्नुको साथै जनस्तरदेखि भएको काम गुणस्तर भए नभएको अनुगमन हुनुपर्ने बताए ।
बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले बघौडाको विकासको लागि जिविस बाँकेले विभिन्न चरणका कार्यक्रम सञ्चालन गर्ने बताउदै बघौडामा सञ्चालन भएका योजनालाई समयमा सम्पन्न गर्ने र भएको काममा गुणस्तरीयता भए नभएको बारेमा स्थानीयको चासो हुनु आवश्यक रहेको बताए ।


बघौडा उज्यालो कार्यक्रम अन्तरगत वितरण गरेको सोलार सेट बुझेका मिश्रले आफ्नो खुसी व्यक्तगर्दै भने–‘मोबाईल चार्ज गर्नको लागि अरुको घरघर चाहार्नु परेको थियो अव त्यसको अन्त्य भयो ।’
उनले राप्तीपारी विकट क्षेत्र भएको कारण पेट्रोलपम्प पनि नहुँदा बत्ति बाल्नको लागि पनि मट्टीतेल नेपागन्जबाट कि सीमा पारीको बजारबाट विभिन्न सास्ती खेप्दै ल्याउनु परेको सम्झदै भने–‘अव बत्ति पनि बाल्न पाईने र मोबाईल पनि घरमै चार्ज गर्न पाईने भयो । मन लागि नलागि मोबाईल चार्ज गर्न सोलार भएको घर खोज्नु पर्ने अवस्था पनि हरायो ।’
गंगापुर गाउँकी पुनम कुमारी यादवले बिजुली पुग्न नसकेको कारण आफुहरुलाई धेरै कठिनाई रहेको बताईन । उनले खासगरी साँझको समयमा पढ्ने विद्यार्थीलाई अति नै कठिनाई हुने गरेको बताउदै भनिन–‘मट्टितेलको बत्ति बाल्न पनि संधै पैसा नहुने कहिले मट्टितेलको बत्ति त कहिले ‘मुहँनोचवा’ (सुखा ब्याट्रीको टर्च) बालेर गुजारा चलाउदै आएका छौ ।’
उनले बघौडा उज्यालो कार्यक्रमले घरमै पुगेर दिएको सोलारले अव रातपरेपछि अध्यारोमा बस्नु पर्ने वा मट्टीतेल र मुहँनोचुवा खोज्नु पर्ने दिन सकिएको बताईन । नेपालगन्ज र छिमेकी गाविस फत्तेपुरमा विजुली बालेको देखेकी उनले आफ्नो घर अगाडी बिजुलीको पोल गाडेको वर्षौ भएपनि त्यो पोलमा न तार न विजुली भएको हेर्दै बसेकी उनले विजुली नभए पनि सोलारबाटै काम चलाउन पाउदा आफुमा खुसीको सिमा नभएको बताईन ।



बाँकेको राप्तीपारी ईन्धनको लागि कुनै पेट्रोलपम्प नभएकोले बत्ति बाल्नको लागि पनि मट्टितेल लैजान कठिन भएको अवस्थामा सोलारले धेरै समस्या समाधान गर्ने गंगापुरका नित्यानन्द मिश्रले बताए । सोलारको मूल्य १२ हजार दुईसय रहेकोमा स्थानीयबासीका तर्फबट प्रति घरधुरीले २ हजार जम्मा गरेपछि निर्वाचन क्षेत्र विकास कोष र जिविस बाँकेले बाँकी अनुदान दिएर गंगापुरमा ४ सय ५०, लक्ष्मणपुरमा ६ सय ५० र कालाफाँटामा ४ सय घरधुरीलाई १ करोड ६२ लाखको लागतमा सोलारसेट वितरण गरिने भएको जिविस बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा महिला माथि आगजनी

६ माघ २०७३, बिहीबार १३:५६
सदरलाइनडटकम  ७ माघ, नेपालगन्ज : नेपालगन्जमा बिहीबार राती महिलामाथि आगजनी भएको छ । पती पत्नीबीच भएको झगडा आगजनीमा परिणत भएको हो । नेपालगन्ज–१२ खटिकनपुरवाकी २३ वर्षीया अनिसा खटिक माथि उनकै पति राजेन्द्र खटिकद्वारा आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सरोज पौडेलले दिएको जानकारी […]

सम्बन्धित