स्थानीय वासीन्दा र प्रहरीविच झडप, १२ जनाभन्दा बढी घाइते

५ माघ २०७३, बुधबार ०३:३८
 

विनोद अधिकारी / सदरलाइन  
५ माघ बर्दिया : ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरमा लाग्ने परम्परागत माघी मेलामा प्रहरी र सर्वसाधरण विच झडप भएको छ । कुटपिटमा घाईते भएका हरुले प्रहरीले मदिरा सेवन गरी आफुमाथि जाईलागेको आरोप लगाएका छन् । सो झडपमा १२ जनाभन्दा बढी सर्वसाधरण घाइते भएका छन् ।
माघी मेलामा स्टल लगाएका स्थानीय व्यबसायीलाई निर्घात कुटेपछि सोमबार रातिदेखि तनाव भएको हो । प्रहरीले स्थानीय आक्रोशित भिडलाई तितरबितर पार्न सोमबार राति नै लाठि चार्ज र फायरिङ गरेर पाँच जनालाई नियन्त्रण लिएको थियो । माघी मेलाको सुरक्षार्थ खटिएका दंगा प्रहरीले मदिरा सेवन गरी स्थानीय बासिन्दालाई कुटपिट गर्न थालेपछि झडप भएको स्थानीय हेमन्त आचार्यले बताए ।
दोहोरो झडप भएको र मेला परिसरमा प्रहरीले लाठी चार्ज गरेको मन्दिर व्यवस्थापन समितिका सचिव गणेश आचार्यले जानकारी दिए ।    प्रहरीले केही स्थानीय बासिन्दालाई नियन्त्रणमा लिएपछि अस्थाई प्रहरी चौकीमा स्थानीय बासिन्दाले ढुंगामुढा गरेका थिए ।
प्रहरीले सोमबार राति ५ राउण्ड फायरिङसमेत खोलेको थियो । प्रहरीले त्यति नै खेर आफ्नो गल्ती ढाक छोप्न गर्न थप तीन जनालाई नियन्त्रणमा लिएको स्थानीय बासिन्दाको आरोप छ । माघ १ गतेदेखि एक सातासम्म चल्ने मेला मंगलबारदेखि खल्लो भएको छ । मेला भर्न आउनेको संख्या घटेको छ ।
झडपका क्रममा नेपाल प्रहरीले नेपाली सेनामा कार्यरत स्थानीय एक जनालाई कुटपिट गर्दा घाँटीमा लगाएको सुनको सिक्रीसमेत हराएको
छ । निर्दोष ब्यक्तिलाई कुटपिट गरी पक्राउ गरेको भन्दै रिहाई गर्न स्थानीय बासिन्दाको माग छ ।
पर्यटकीय क्षेत्र ठाकुरबाबा मन्दिर परीसरमा लाग्ने परम्परागत माघी मेलामा प्रहरीले ज्याजती गरी स्थानीय बासिन्दालाई कुटपिट गरी परम्मरालाई तोड्ने खालका गतिविधि हुनु दुःखद भएको ठाकुद्वारा गाविसका सचिव कृष्णप्रसाद उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय निर्वाचन घोषणा सरकारको प्रमुख दायित्व : नारायणकाजी

५ माघ २०७३, बुधबार ०३:३८
सदरलाइनडटकम   ५ माघ, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनको लागि तीनवटै तहको चुनाव गर्नु नै अहिलेको प्रमुख दायित्व भएको बताएका छन् । पे्रस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान कार्यान्वयनका लागि ०७४ माघ भित्र स्थानीय तह लगायतको चुनाव गरिसक्नु पर्ने प्रमुख […]