नेपाली कथानक चलचित्र ‘सरांक’को पहिलो ट्रेलर सार्वजनिक

२७ पुष २०७३, बुधबार १५:०३
 

सदरलाइनडटकम  
२७ पुस काठमाण्डौ
: नेपाली कथानक चलचित्र ‘सरांक’को पहिलो ट्रेलर राजधानीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । स्वतन्त्र राष्ट्रबादी भावना बोकेको चलचित्र सरांकलाई बरिस्ट रंगकर्मी वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।
युवा निर्देशक सागर सिंह ठकुरीको पटकथा र सम्बाद एबम मुख्य सहायक निर्देशन रहेको सो चलचित्रमा सपना सिंह ठकुरीको प्रमुख भूमिका रहेको छ । निर्देशक हमाल, मुख्य सहायक निर्देशक सागर र अभिनेत्री सपना नेपालगन्ज निवासी हुन ।
चलचित्रमा सुवर्ण खड्का, कुशल बिष्ट, पबी खड्का, अन्जना गुरास आदिको बिशेष भूमिका रहेको छ भने शुभम सिने क्रियसन एबम एमआर्ट थेटरको सयुक्तमा ब्यानर निर्माण गरिएको चलचित्र सरांकको छायांकन नेपालगन्ज, काठमाडौँ र मुस्तांगमा गरिएको निर्देशक हमाल जानकारी दिए ।
चलचित्रमा छायांकन बिष्णु बास्तोला र सम्पादन गौतम राज खड्काले गरेका छन् भने संगीत बिरेन शाक्यको रहेको चलचित्रमा द्वन्द्व निर्देशन भने नेपाल कै पहिलो महिला द्वन्द्व निर्देशक किरण दाहालको रहेको छ । चलचित्र आगामी २ महिनामा अल नेपाल प्रदर्शनको तैयारीमा रहेको मुख्य सहायक निर्देशक ठकुरीले जानकारी दिए । चलचित्र सरां को ट्रेलर यो लिंकमा हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसिबियाँलो !

२७ पुष २०७३, बुधबार १५:०३
  बाँकेको फत्तेपुर–८, मोहनपुरमा जाडोमा आगो ताप्दै मकै भुटेर खाँदै बालकहरु  । फोटो : सदरलाइनडटकम