सुदूरपश्चिमेलीको अन्तरराष्ट्रिय तदर्थ समिति निर्माण

२५ पुष २०७३, सोमबार ०६:१५
 

सदरलाइनडटकम 
२५ पुस, मलेशिया : नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्पायार व्यवसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुले भाइचारा सम्बन्धको उदाहरण पस्किदै अन्तरराष्ट्रियस्तरको तदर्थ कमिटी गठन गरेका छन् ।

एक आपसमा मेलमिलाप, सदभाव, सहयोग,भाइचारा स्थापित गरेर देशमा हुने प्राकृतिक प्रकोप, दैवीप्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सहयोग गर्न तथा आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको विकासका लागि जनचेतनाका जगाउने उदेश्यले सो कमिटी गठन भएको अन्तरराष्ट्रिय नेपाली सुदुरपश्चिमेली सेवा समाज ( क्ष्ल्ँक् ) का संयोजक भरत नेगीले बताए ।

नेपाली समाजमा व्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथाबिरुद्ध जनचेतना जगाउने हेतुले विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरु र केहि देशमा गठित सुदूरपश्चिम सेवा समाजको पहलमा अन्तराष्ट्रिय स्तरको सुदूरपश्चिमेलीहरुको छाता संगठन निर्माण भएको सुप सेवा कतारका अध्यक्ष अमृत शाहीको भनाई छ ।


बिगत एक महिनादेखि समाजिक सञ्जाल फेसबुक, ट्विटर, व्हाट्सअप, आइएमओ मार्फत लगातार अनालनमै बैठकबसी छलफल तथा अन्तरक्रिया गरिसकेपछि सो कमिटि गठन भएको हो । भरत नेगि संयोजक रहने गरि ३५ सदस्यिय तदर्थ समिति बिस्तार गरिएको सुदूरपश्चिमेलि सेवा समाज मलेसियाका सचीव दिनेश टेलरले जानकारी दिए ।

नब गठित कमिटीले छिट्टै बैधानिक प्रक्रिया पुरा गरि विधान तयार पारेर प्रबासमा रहेका सबै सुपबासीलाई समेट्दै सुदूरपश्चिममा नै बृहत सम्मेलनका साथ साधारणसभा गर्ने उदघोष गरेको छ । दिनेश खड्का खप्तडीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरुण दलको बन्द खुल्यो जनजीवन सामन्य बन्दै

२५ पुष २०७३, सोमबार ०६:१५
सदरलाइनडटकम   २५ पुस, नेपालगन्ज : तरुणदल बाँकेले आव्हान गरेको बाँके बन्द सोमबार अपरान्हबाट फिर्ता लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना कार्यकर्ता तथा तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पक्राउको विषयलाई लिएर तरुणदल बाँकेले आईतबारदेखि बाँके बन्द आव्हान गरेको थियो । तरुणदलको बन्दका कारण नेपालगन्ज […]