नेपालगन्जका युवा निर्देशक सागरको नयाँ म्युजिक भिडियो बजारमा

२५ पुष २०७३, सोमबार ०५:३५
 

सदरलाइनडटकम
२५ पुस, नेपालगन्ज : नेपालगन्जका युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।

हाल म्युजिक स्टोर नेपाल काठमाडौँका कार्यकारी प्रमुख रहेका सागरले बजारमा ल्याएको ‘मेरो माया जति’ नामक आधुनिक भिडियोमा नयाँपन दिन खोजेको दावी गरेका छन् ।
चर्चित गायक तथा म्युजिक डाइरेक्टर नरेन्द्र प्यासीको आवाजमा सजिएको छ बिगत लामो समयदेखि नेपाली म्युजिक क्षेत्रमा काम गर्दै आएका सागरले धेरै नेपाली म्युजिक भिडियोमा निर्देशन, छायांकन तथा सम्पादन गर्दै आएका छन् ।
सागर मध्यपश्चिमका चर्चित चित्रकार एबम कलाकार श्यामानन्द सिंह ठकुरीका कान्छा छोरा हुन् । उनको म्युजिक भिडियो युटुभको यो लिंकमा हेर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमेलीको अन्तरराष्ट्रिय तदर्थ समिति निर्माण

२५ पुष २०७३, सोमबार ०५:३५
सदरलाइनडटकम  २५ पुस, मलेशिया : नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्पायार व्यवसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुले भाइचारा सम्बन्धको उदाहरण पस्किदै अन्तरराष्ट्रियस्तरको तदर्थ कमिटी गठन गरेका छन् । एक आपसमा मेलमिलाप, सदभाव, सहयोग,भाइचारा स्थापित गरेर देशमा हुने प्राकृतिक प्रकोप, दैवीप्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सहयोग […]

सम्बन्धित