तरुण दलको बन्द दोस्रो दिन पनि जारी बन्दले जनजीवन प्रभावित

२५ पुष २०७३, सोमबार ०४:४७
 

सदरलाइनडटकम  
२५ पुस, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना कार्यकर्ता तथा तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पक्राउको विषयलाई लिएर तरुणदल बाँकेले आयोजना गरेको बाँके बन्द आज सोमबार पनि जारी छ ।
तरुणदलको बन्दका कारण नेपालगन्ज तथा कोहलपुरबाट सञ्चालनमा आउने लामो तथा छोटो दुरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दको कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तर दक्षिण रत्न राजमार्ग ठप्प छन् ।
गत पुस १४ राती कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी माथि खुकुरी प्रहारको काण्डमा तरुणदल क्षेत्रीय सभापति दिग्बिजय जंग राणाको संलग्नता भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि बन्दको आव्हान गरिएको हो । घटनाका मुख्य आरोपी लक्ष्मण मल्ल पक्राउ परे लगत्तै तरुणदलका राणा, युवा संघका ज्ञानु थापा, रमेश विक लगायत १२ जना पक्राउ परेका थिए ।
तरुणदल बाँकेले राणाको तत्काल रिहाईको मागसहित तत्कालिन तरुणदलका जिल्ला सदस्य सुवाष वर्णवाल र कार्यकर्ता रबिन्द्र श्रेष्ठको हत्याको समेत अनुसंधान गरी घटनाका दोषीलाई कानूनी कारवाही गर्न दवाव दिन आव्हान गरेको बन्दमा विद्यालय तथा शैक्षिक संस्थाहरु भने सञ्चालनमा रहेका छन् ।
तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले राणालाई रिहा नगरेसम्म बन्दको कार्यक्रम यथावत रहने बताए । उनले भने–‘प्रहरीले हाम्रा कार्यकर्तालाई नियतवस फसाउने काम गरेकोले क्षेत्रीय सभापति राणालाई तत्काल रिहा नगर्दासम्म आन्दोलन जारी रहने छ ।’ उनले तरुणदल केन्द्रले पनि आन्दोलनका कार्यक्रम चाँडैनै सार्वजनिक गर्दै देशव्यापी आन्दोलन अघि बढाउने बताए ।
यता प्रहरीले आजै सो घटनाको बारेमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सबैलाई सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति लक्ष्मण मल्ललाई घटनाको लगत्तै राणाले आफ्नै मोटरसाईकलमा राखेर भाग्नलाई मद्दत गरेको कारण घटनाको मतियारको रुपमा राणालाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जका युवा निर्देशक सागरको नयाँ म्युजिक भिडियो बजारमा

२५ पुष २०७३, सोमबार ०४:४७
सदरलाइनडटकम २५ पुस, नेपालगन्ज : नेपालगन्जका युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । हाल म्युजिक स्टोर नेपाल काठमाडौँका कार्यकारी प्रमुख रहेका सागरले बजारमा ल्याएको ‘मेरो माया जति’ नामक आधुनिक भिडियोमा नयाँपन दिन खोजेको दावी गरेका छन् । चर्चित गायक तथा म्युजिक डाइरेक्टर नरेन्द्र प्यासीको आवाजमा […]

सम्बन्धित