तरुण दलको बाँके बन्दले जनजीवन प्रभावित

२४ पुष २०७३, आईतवार १०:५२
 

सदरलाइनडटकम       
२४ पुस, नेपालगन्ज  : कोहलपुरमा भएको खुकुरी काण्डमा आफ्ना कार्यकर्तालई ‘नियतवस’ फसाउन खेजेको भन्दै तरुणदल बाँकेले आयोजना गरेको बाँके बन्दले जनजीवन प्रभावित भएको छ ।  तरुण दल बाँकेको आव्हानमा भएको बन्दले पूर्वपश्चिम राजमार्ग, रत्नराजमार्ग ठप्प पारिएको छ । गत पुस १४ गते राती कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको खुकुरी प्रहारको घटनामा संलग्नताको आरोपमा प्रहरीले तरुण दल क्षेत्र नं. १ का सभापित दिग्विजय जङ्ग राणालाई शनिबार पुन पक्राउ गरेको थियो ।
सो घटनामा बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य नाईके लक्ष्मण मल्ल प्रहरी नियन्त्रणमा परेसंगै ईलाका प्रहरी कार्यालय कोहलपुरले राणा, शिव चौधरी, दीलिप चौधरी, जीवराज केसी, सुरेन्द्र केसी, सानो भाई भन्ने केसर रोकाय, ज्ञानु थापा, रमेश बिक, ललित मल्ल, राजु बोहरा र टेकबहादुर खत्री गरी १२ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज डिएसपी सुरेश कुमार काफ्लेले प्रहरीले बुढाथोकी माथि भएको हमलामा संलग्नता देखिएको कारण १२ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको बताए । उनले भने–‘ यो घटनामा पक्राउ परेका १२ जनाको कुनै न कुनै किसिमबाट संलग्नता देखिएको छ । चाँडैनै घटनाको अनुसंधान पुरा गरी सार्वजनिक गर्ने छौ ।’
तरुण दलले आईतबार बिहानैदेखि कोहलपुर र नेपालगन्जमा ठप्प पारेको छ । कोहलपुरचौराहमा पूर्वपश्चिम राजमार्ग र नेपालगन्ज–सुर्खेत जाने रत्नराजमार्ग पुरै ठप्प पारेका छन् । विद्यालयका बस, एम्बुलेन्स, सञ्चारकर्मीका साधन, कुटनीतिक नियोगका साधन भने सञ्चालनमा आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रिपोर्टर्स क्लब नेपालद्धारा अकोरावका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

२४ पुष २०७३, आईतवार १०:५२
सदरलाइनडटकम    २४ पुस, काठमाडौं   सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का नव निर्वाचित अध्यक्ष सुवास खतिवडाले सामाजिक रुपान्तरणको लागि सरकारले सामुदायिक रेडियोसँग सर्हकार्य गर्नु पर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले नवनिर्वाचित अकोरावका पदाधिकारीलाईे बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खतिवडाले सामुदायिक रेडियोले सामाजिक […]