पोखरामा सात्विक र आध्यातिमक परामर्शसहित वनभोज कार्यक्रम सम्पन्न

२३ पुष २०७३, शनिबार १४:३३
 

सदरलाइनडटकम   
२३ पुस, पोखरा :  पोखरामा पहिलोपटक सात्विक र आध्यातिमक परामर्शसहित वनभोज कार्यक्रम सम्पन्न भएको छ । सामाजिक जागरणका लागि नारी अभियान कास्की पोखराले पोखराको केदारेश्वरमा शाकाहारी जीवनपद्धती र अध्यात्मको महत्व विषयक परिचर्चा सहित आयोजना गरेको रमाईलो वनभोज कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा भागवत भाष्कर युवा पं कमलनयन गौतम, युवा चिन्तक माधव पहारी, व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय पार्दी शाखाका संचालीका व्र.कु अप्सरा दिदी, मानव धर्म सेवा समिति पोखराका महात्मा पितम्वरा, ओशो उपवनका स्वामी योगानन्द लगायतले आध्यात्मिक जागरण र शाकाहारी जीवन पद्धतीको महत्व वारेमा प्रकाश पारेका थिए ।
उनीहरुले आहारमा शुद्धता हुनाले विचार र व्यवहारमा सुद्धता आउने कुरामा जोड दिए । उनीहरुले व्यस्त समयमा तनाव व्यवस्थापनका लागि योग ध्यान र अध्यात्म जागरण अत्यावश्यक भएको भन्दै यस्तो खालको वनभोज कार्यक्रम पहिलो पटक आयोजना गरीएको वताए । त्यस्तै लोकदोहरी गायक पुरुषोक्तम न्यौपाने र कृष्ण देवकोटाले वनभोज कार्यक्रममा अध्यात्म जागरण कार्यक्रम राखेर समाजिक जागरणले समाजमा सचेतना फैलाएको वताए ।

कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुष्मा पौडेलले आन्तरीक सुखका लागि आत्यात्मिक जागरण आवश्यक भएको कारण सात्विक आहार र आत्यात्मिक जागरण सम्वन्धी सचेतना कार्यक्रम समेत समेत वनभोजमा राखीएको वताइन् । कार्यक्रममा लोक दोहरी गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा लोकदोहरी गायक कृष्ण देवकोटा, मिसेस कल्चर पोखराका विजेता प्रतिभा पौडेल, शोभा गौतम, सामाजिक जागरणका सदस्य कमलादेवी गिरी, उशा गोसेली, पवित्रा गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
म्युजिकल चियरमा इसा अग्रवाल, चम्चा दौडमा दुर्गा अधिकारी पहिलो भएका थिए भने कार्यक्रममा लोकदोहरी गायिका सरिता पौडेल, दिलु गुरुङ, सरु पौडेल, जमुना देवकोटा, सविता सुवेदी, लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मंतव्य सदस्य पवित्रा केसीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य पार्वती कार्कीले र रमाइलो कार्यक्रम उशा गोसेली, शान्ता पुरी, कान्ता अधिकारी, कमला देवी गिरी अंवीका भण्डारी लगायतले गरेका थिए । कार्यक्रममा संस्थाको भैलोमा सहयोग गर्ने कलाकारहरुलाई सम्मान गरिएको थियो भने देवका र टंक पौडेलले फजुल खर्चको कटौटी गर्दै ४ हजार रुपया संस्थालाई प्रदान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरुण दलको बाँके बन्दले जनजीवन प्रभावित

२३ पुष २०७३, शनिबार १४:३३
सदरलाइनडटकम        २४ पुस, नेपालगन्ज  : कोहलपुरमा भएको खुकुरी काण्डमा आफ्ना कार्यकर्तालई ‘नियतवस’ फसाउन खेजेको भन्दै तरुणदल बाँकेले आयोजना गरेको बाँके बन्दले जनजीवन प्रभावित भएको छ ।  तरुण दल बाँकेको आव्हानमा भएको बन्दले पूर्वपश्चिम राजमार्ग, रत्नराजमार्ग ठप्प पारिएको छ । गत पुस १४ गते राती कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय […]