मारवाडी यूवा मञ्चद्वारा रक्तदान

२३ पुष २०७३, शनिबार १३:०८
 

सदरलाइनडटकम 
२३ पुस, नेपालगन्ज : मारवाडी यूवा दिवसको अवसर पारेर शनिबार मारवाडी यूवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ ।
मारवाडी यूवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले यूवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष अग्रवालका अनुसार कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । ६ जना महिलाहरुले समेत कार्यक्रममा रक्तदान गरेको आयोजकले जनाएको छ ।
मारवाडी समुदायका युवा तथा यूवतीहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । मारवाडी यूवाहरुको रक्तदान कार्यक्रममा मारवाडी सेवा परिषद र मारवाडी महिला मञ्चको सहभागिता समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउसी भैलोको पैसाले शिव मन्दिरको शिलन्यास

२३ पुष २०७३, शनिबार १३:०८
सदरलाइनडटकम  २३ पुस, नेपालगन्ज  : बाँकेको नौवस्ता–७ सुतैयामा शिव मन्दिर शिलन्यास गरिएको छ । स्थानीय पञ्चदिप युवा क्लबको आयोजनामा सो शिव मन्दिर शिलन्यास गरीएको हो । शिलन्यास पश्चात अब नौवस्ता–७ मा शिव मन्दिर बन्नेमा सबै स्थानीय आशाबादी रहेका छन् । शिलन्यास कार्यक्रममा ३ लाख ३२ हजार ९७ रुपैया रकम उठेको […]