औलोको जोखिमा रहेका राप्तीपारीका छ गाविसमा किटनाशक झुल बितरण गरिने

२२ पुष २०७३, शुक्रबार ०४:४७
 


सदरलाइनडटकम   
२२ पुस, नेपालगन्ज : बाँकमका औलोको अत्यन्तै जोखिममा रहेका राप्तीपारीका छ गाविसमा किटनाशक झुल वितरण गर्ने भएको छ । ग्लोबल फण्डको सहयोगमा स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सेभद चिन्ड्रेनकोसंगको सहकार्यमा आरडिएफ नामक गैससले किटनाशक झुल बितरण गर्ने भएको हो ।
बाँकेका बैजापुर, बिनौना, फत्तेपुर, कालाफाँटा, लक्षमणपुर, र कटकुईया गाविसका सबै घरधुरीका ३२ हजार ४ सय ७७ थान किटनाशक झुल बितरण गरिने भएको हो । राप्तीपारीका यी गाविसमा विगतमा औलोको प्रकोप देखिएकोले वितरणको जिम्मेवारी पाएको संस्था आरडिएफका फिल्ड अफिसर भिमा मगरले बताईन ।
उनले बैजापुरमा ७ हजार ६ सय ५४, बिनौनामा ४ हजार ६ सय ३९, फत्तेपुरमा १० हजार ४ सय १७, कालाफाँटामा २ हजार ८ सय ८७, लक्ष्मणपुरमा ३ हजार ४ सय ४० र कटकुईयामा ३ हजार ४ सय ५२ थान किटनाशक झुल बितरण गर्ने तयारी भएको जानकारी दिईन ।
उनले भनिन–‘यो तथ्याङ्क प्रारम्भिक तथ्याङ्ग हो अव जिल्ला जनस्वास्थ्य, स्थानीय गाविस र सो गाविसमा कार्यरत महिला स्वयमसेविकासंग समन्वय गर्दै झुल बितरणको लागि प्रत्येक घर–घरमा पुगेर तथ्याङ्क संकलन गर्दै उनीहरुलाई झुल बुझ्न आउने कुपन दिईने छ र त्यो कुपनको आधारमा झुल बितरण गरिने छ ।’
जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले राप्तीपारीका छ गाविसमा किटनाशक झुल बितरणको बेलामा प्रत्यक घरघरमा डेंगु, हात्तिपाईले, कालाज्वार, स्कव टाईफस लगायतको रोगबाट बच्नको लागि सचेतनामुलक सामाग्री पु¥याईने गरी तयारी अघि बढाउन पहल गरिएको बताए ।
उनले किटनाशक झुल वितरण गर्दा सुत्केरी, अशक्त, बालबालिकालाई विषेश ध्यान पु¥याउदै दुरुपायोग नहुने र पारदर्शि किसिमबाट बितरणको प्रकृया मिलाईने बताए । उनले भने–‘किटनाशक झुल बितरण गर्न अघि लिईने तथ्याङ्क र पुरानो तथ्याङ्कको आधारमा प्रत्यक घर धुरीमा बसोबास गर्ने परिवारको आवश्यकता हेरेर दुब्लीकेशन नहुने तरिकाले बितरण गर्न निर्देशन दिएको छु ।’

Next Post

बर्गेल्ती खुलेका एफएम रेडियोले उब्जाएका गुणस्तरीयताको प्रश्न

२२ पुष २०७३, शुक्रबार ०४:४७
रेडियो सुचना, मनोरन्जन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो । देशमा पछिल्लो पटक संचारको विकास द्रुत गतिमा वढेसगैं रेडियो पनि सोचेभन्दा निकै वढि खुले । ईलोक्टोनिक मिडिया भएकाले स्वभावैले यस क्षेत्रमा लाग्ने युवायुवतीको संख्यामा पनि ह्वातै वृद्दि भयो । विशेषत ग्यालमरको सज्ञां दिन मिल्ने रेडियो अनि टेलिभीजनमा लोकप्रृयता […]

सम्बन्धित