जिब्रो फेर्ने नेताको कारण आजित भएर राप्रपामा प्रवेश गरेकी हुँ : रेखा थापा (भिडियो सहित)

२० पुष २०७३, बुधबार ०५:५०
 

सदरलाइनडटकम     
२० पुस, नेपालगन्ज :चर्चित अभिनेतृ तथा राप्रपाकी नेतृ रेखा थापाले कलाक्षेत्रबाट नीति निर्माण तहमा पुग्न नसकेको कारणले कलाक्षेत्र जर्जर भएकोले आफु पनि केही गर्छु है भनेर राजनीतिमा लागेको बताएकी छन् । उनले कलाकारले देश र जनताको लागि सकारात्मक सन्देस दिने काम पर्दाको माध्यामबाट गर्दै आएकोले अवका दिनमा राजनीति गर्दै जनताको हिमायती भएर लाग्ने ध्येयका रहेको बताईन ।
राजनीति गर्ने नेताहरु कुर्चीको लागि मात्र जनता–जनतालाई विभिन्न बादमा बिभाजन गरेको कारणबाट आजित भएको बताउदै अव साच्चिकै देश बनाउनको लागि आफु होमिने बताईन ।
पर्दाबाट भन्दा प्रत्यक्ष रुपमा जनताको सेवा गर्ने भावले राजनीतिमा लागेको दावी गर्ने उनले नेपालगन्जमा संञ्चारकर्मीसंग कुरा गर्दै अभिनेतृ थापाले भनिन–‘जनताको मुक्ति र परिवर्तनको लागि पर्दामा धेरै काम गरियो अव भने साँच्चिकै जनताको मुक्तिको लागि काम गर्ने बेला आएकोले राजनीतिमा लागेको हो ।’
उनले भनिन–‘ देश र जनताको मुक्तिको लागि हिजोको परिवर्तनकारी शक्ति माओवादी नजिक रहेकी थिए त्यसले आफ्नो स्वार्थ सिद्धगर्नको लागि मात्र राजनीति गर्दै आएको महशुस गरेर नेपाली मनको पार्टी राप्रपा प्रवश गरेकी हुँ ।’
उनले नेपालमा भएका पार्टीहरु बिदेशी सिद्धान्त र ईशारामा चल्ने भएकोले आफु स्वभिमान नेपाली भएको महशुस गर्न पनि पार्टीमा लागेको उनको दावी छ । उनले भनिन–‘ जिब्रो फेर्दै हिड्ने र आफैले उठाएको एजेण्डालाई कार्यान्वयन नगर्ने पार्टीको पछाडि लाग्नु अर्थ देखिन र कमल थापाको नेतृत्वमा रहेको पार्टीमा भविश्य देखेर लागेकी हु ।’


उनले विदेशमा कलाकारहरु विभिन्न पार्टीमा लाग्दा कुनै चर्चा नहुने कुरालाई स्मरण गराउदै भनिन–‘मलाई राप्रपामा जाँदा किन हाउगुजी बनाईएको छ । के मेरो राजनीतिक पार्टी चयन गर्न पाउने अधिकार छैन र ।’ उनले आफु परिपक्व नागरिकको हैसियतले राजनीति गर्ने र जनताको मुक्तिको लागि राजनीतिमा होमिएको स्पष्ट पारिन ।
अभिनेतृ थापाले आफुलाई नयाँ नेपाल बनाउछु भन्नेहरुले गुमराहमा राखेको कारणले पनि पुरानै नेपाल मन पर्ने पुरानै व्यवस्था मनपर्ने भएकोले पुरा नेपालीबाद र सिद्धान्त भएको पार्टीको झण्डा बोक्न हिडेको बताईन । राप्रपाले नेपालगन्जमा आजै आयोजना गर्ने आमसभलाई सम्बोधन गर्ने क्रममा उनी नेपालगन्ज आएकी हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठूला पार्टीको दासत्वबाट मुक्त गर्नको लागि दुई राप्रपाबीचको एकता

२० पुष २०७३, बुधबार ०५:५०
सदरलाइनडटकम    २० पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला पार्टीको दासत्वबाट देश र जनतालाई मुक्त गर्नका लागि दुई राप्रपा बिच एकिकरण भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टिले नेपालगन्जमा आयोजना गरेको मध्यपश्चिमाञ्चल एकता आमसभामा बोल्दै अध्यक्ष थापाले देशका ठूला भनाउदा पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र […]