नयाँ वर्षमा नेपालगन्ज र कोहलपुरमा विभिन्न कार्यक्रम आयोजना गरिदै

१६ पुष २०७३, शनिबार १०:५९
 

आयोजकले प्रहरीसंग समन्वय नगर्दा सुरक्षाको कारण १० बजेदेखि नै प्रहरीले कडाई गर्ने

सदरलाइनडटकम , 
१६ पुस नेपालगन्ज : डिसेम्बर ३१ ईस्वी संवतको नयाँवर्ष मनाउन योजनामा रहेकाहरुका लागि नेपालगन्ज र कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।  ईस्वी सम्बतको नयाँ वर्ष शनिबार राति १२ बजेदेखि सुरु हुने भएकोले नयाँ सालको सुरुवातको लागि नेपालगन्जको होटल सिग्नेट कृष्णा ईनमा नयाँ वर्ष विषेश कार्यक्रम आयोजना गरिएको सो होटलले जनाएको छ ।
केही महिना अघि मात्र सञ्चालनमा आएको सो होटलले नयाँ वर्षको अवसरमा भारतीय सिंङ्गिग आईडल लगायत चर्चित डिजे तथा कलाकारहरुलाई निम्त्याउदै उनीहरुको बेजोड प्रस्तुती रहने जनाएको छ । शनिवार साँझ ७ बजेदेखि राती १ बजेसम्म विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुती रहने जनईएको छ ।
यसैगरी नेपालगन्जमा रहेका होटल स्नेहा, कलपत्रु, वाईनडाईन, साथी कृष्णा कटेज, क्रशरोड, सिएसटी, स्वस्तीक, सिद्धार्थ कटेजलगायतमा नयाँ वर्ष विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको सम्बद्ध होटल तथा रेष्टुरेन्टले जनाएका छन् ।
नयाँवर्षको अवसरमा विभिन्न होटलहरुमा विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने जानकारीमा आएको भए पनि ती होटलहले सुरक्षाको बारेमा कुनै जानकारी वा स्वीकृती नलिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।
उनले भने–‘ईस्वी संवतको नयाँ वर्ष मनाउनेहरुको लागि विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा विभिन्न खालका कार्यक्रमहरु आयोजना गरिएको जानकारी आएको भएपनि आयोजकका तर्फबाट सुरक्षाको बारेमा कुनै जानकारी वा मागीएको छैन ।’
उनले सुरक्षा माग नभएपनि प्रहरीले आफ्नो तर्फबाट तयारी पुरा गरेको र १० बजेपछि खुला रुपमा कुनैपनि कार्यक्रम सञ्चालन गर्न नदिने बताए ।
यसैगरी कोहलपुरमा पनि विभिन्न होटलहरुले नयाँवर्ष विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारीमा आएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले नयाँवर्षको लागि कार्यक्रम गर्ने भनेर कुनै जानकारी नआएको बताए । उनले कोहलपुर क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु सधैको जस्तै साढे ८ मै बन्द हुने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुँडासहित नयाँ वर्ष मानउन निस्केका थापा प्रहरी नियन्त्रणमा

१६ पुष २०७३, शनिबार १०:५९
सदरलाइनडटकम   १७ पुस, नेपालगन्ज : ईस्वी संवतको नयाँ वर्ष मनाउन निस्केका युवाको साथबाट प्रहरीले खुँडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार प्रहरीले नेपालगन्जको सुुर्खेतरोडमा रहेको न्यू वाईन डाईन कटेजबाट खुँडा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी निरिक्षक थापाले […]