युवासंघ नेपालका केन्द्रीय सदस्य बुढामाथि खुकुरी प्रहार पाँच पक्राउ, एक फरार

१५ पुष २०७३, शुक्रबार ०४:५१
 

सदरलाइनडटकम 
१५ पुस, नेपालगन्ज : युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीको हत्याको प्रयास भएको छ ।
कोहलपुरको वेलकम रेष्टुरेन्टमा उनी माथि खुकुरी प्रहार गरी हत्या प्रयास भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेश काफ्लेले घाइते बुढाथोकीको कोहलपुर स्थित शिक्षण अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि लखनउ रिफर गरिएको जानकारी दिए ।
डिएसपी काफ्लेले आक्रमणमा संलग्नको पहिचान भइसकेको र घटनामा संलग्न ५ जनालाई प्रहरी नियन्त्रणमा लिएर अनुसंधान अघिबढाएको बताए । उनले घटनाको मुख्य दोसी लक्ष्मण मल्ल फरार रहेको र सो घटनामा संलग्न रहेको आरोपमा भिमसिंह ठकुरी, सुदीप सुवेदी, नबिन शाही, सुरविर मल्ल र विकास शाहीलाई नियन्त्रणमा लिएर अनुसंधान अघिबढाएको जानकारी दिए ।
युवा संघ बाँकेले घटनालाई सुनियोजित भन्दै अपराधीलाई तत्काल पक्राउ नगरिए आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ । यसैबीच सो घटनाको बिषयमा एमाले कोहलपुर नगरकमिटीले समग्र कोहलपुरको सुरक्षाको विषयलाई लिएर २ बजे कोहपुर पार्टी कार्यालय मै पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुपोषण विरुद्ध अभियान चलाउन सुआहाराद्वारा गाविस र वडा सचिवलाई अनुशिक्षण

१५ पुष २०७३, शुक्रबार ०४:५१
सदरलाइनडटकम  १५ पुस, नेपालगन्ज : बाँकेमा कुपोषण बिरुद्ध अभियान चलाउने उद्देश्यले गाविस सचिव तथा वडा सचिवहरुलाई अनुशिक्षण दिईएको छ । जिविस बाँके र विभिन्न सरोकारवाला निकायको सहयोगमा बाँकेका गाविस सचिव, नगरपालिका र उप–महानगरपालिकाका वडा सचिवहरुलाई बहुक्षेत्रीय पोषण योजनाका बारेमा एक दिने अनुशिक्षणका दिईएको हो । बाँकेका स्थानीय विकास अधिकारी हरी […]