शिक्षा अधिकार र सशक्तिकरणका लागि छात्रालाई साईकल बितरण

१३ पुष २०७३, बुधबार १३:४४
 

सदरलाइनडटकम    
१३ पुस, नेपालगन्ज : माईती नेपालको अधिकारका लागि साईकल परियोजना अन्तर्रगत विपन्न र जोखिममा रहेका छात्राका लागि २० थान साईकल वितरण गरिएको छ । माईती नेपाल नेपालगन्जले बाँकेको कोहलपुरमा आर्थिक अबस्था कमजोर रहेका, बालबिवाहको उच्च जोखीममा रहेका, घरबाट विद्यालय टाढा भई विद्यालय जानका लागि समस्यामा परेका, अभिभावक गुमाएका र जेहेन्दार छात्राहरु मध्यबाट छनौटगरी सो साईकल वितरण गरिएको जनाएको छ ।
माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोईरालाले बाँकेको श्रीप्रभात माविमा अध्ययनरत छात्रालाई १० थान र लक्ष्मी माविमा अध्ययन गर्दै आएका छात्रालाई १० थान साईकल बितरण गरिएको जानकारी दिए ।
यी दुबै विद्यालयमा २÷२ थान साइकल यसअघि पनि बितरण गरिएकोमा पुन १०÷१० थान वितरण गरिएको हो । यसै गरि यसपूर्व बाँकेको श्रीसरस्ववति मावि नेपालगन्जमा २० थान र बर्दियाको माहाकवि लक्ष्मिप्रसाद माविमा २० थान बर्दियाकै सरस्वति मावि जमुनिमा २० थान साईकल बितरण गएिको थियो यसरी बाँके र बर्दियाका बिभिन्न विद्यालयमा यस वर्ष मात्र ८६ थान साइकल बितरण गरिएको हो ।
बालिकाको शिक्षामा सुधार ल्याउन र उनीहरुको अध्ययनमा सहजता ल्याउन साईकल वितरण गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए । उनले विद्यालयको सिफारिसमा असहाय, गरिव, जेहेन्दार, द्वन्द्वपीडित, विस्थापित, दलित छात्रालाई साईकल वितरण गरिएको बताए । ‘घरबाट विद्यालय टाढा भएर समयमा विद्यालय आउन नसक्ने र साइकल नभएकै कारण समयमा विद्यालय आउन नसक्दा पठन पाठनमा बाधा पुग्ने छात्राको पहिचान गरी साईकल वितरण गरिएको छ,’ कोइरालाले भने ।
छात्रालाई शिक्षित बनाई मानव वेचविखनबाट जोगाउन र आत्मनिर्भर बनाउन साइकले सहयोग गरेको उल्लेख गर्दै उनले साइकलको सहि सदुपयोग गर्न अभिभावक र विद्यार्थीसँग आग्रह गरे । अधिकारका लागि साइकल भन्ने उद्देश्यले साइकल वितरण गरिएको उनले जानकारी दिए । ‘शिक्षाका लागि छात्रालाई साइकल प्रदान गरिएको हो, यसको सहि सदुपयोग भएमात्र हाम्रो र तपाईहरुको उद्देश्य पूरा हुनेछ,’ उनले भने ।
प्रभात मावि जी गाउँमा भएको साइकल वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खुमलाल शर्माले साईकल नभएकै कारण कक्षा छुटाउने छात्रालाई साईकल प्रदान गरेर माईती नेपालले अभिभावकको भूमिका निर्वाह गरेको बताए । उनले साईकल पाएका छात्रालाई समयमा विद्यालय आउन सहज हुने भएकोले उनीहरुको शिक्षामा सुधार आउने आशा ब्यक्त गरे । ‘गरिवीका कारण साईकल नभएकै कारण धेरै बालिका विद्यालय ढिलो आउने गरेका छन्, साईकलले विद्यार्थीको शिक्षा आर्जनमा टेवा पुग्नेछ,’ शर्माले भने ।
यसैवीच, लक्ष्मी मावि बर्दहवामा आयोजित साइकल वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले गरिवीका कारण धेरै बालबालिका पैदल हिडेर आउने गरेको बताउँदै साईकलले विद्यार्थीलाई समयमा विद्यालय आउन सहयोग गर्ने बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलेदार थारुले गरिव तथा असहाय छात्रालाई सहयोग गरेर माइती नेपालले ठूलो गुण लगाएको बताए । उनले गरिवीका कारण साइकल किन्न नसक्दा विद्यार्थीहरु समयमा विद्यालयमा आउन नसकेको बताए ।
साइकल पाएपछि असहाय छात्रा अनिता ओलीले साइकलले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने बताइन् । उनले आफ्नो कोही नभएकोले साइकल चढ्न नपाएको बताउँदै अव समयमा विद्यालय आउने वातावरण बनेकोमा खुसी ब्यक्त गरिन् । ‘मेरो सच्चा अभिभावक माइती नेपाल भएको छ, मैले यो गुण पढेर तिर्नेछु,’ उनले भनिन् । उनी लक्ष्मी माविमा अध्ययनरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास बजेट समयमै कार्यान्वयन गराउन मदन भण्डारी फाउण्डेशनको दवाव

१३ पुष २०७३, बुधबार १३:४४
सदरलाइनडटकम   १३ पुस, नेपालगन्ज : जिल्लामा विनियोजित विकास वजेट तोकिएको आर्थिक वर्ष भित्र कार्यान्वयन गर्न मदन भण्डारी फाउण्डेशन बांँकेले दवाव दिएको छ । बांँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापनपत्र वुझाउंदै फाउण्डेशनले बजेट फ्रिज हुन नदिन ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्र वुझाउदै मदन भण्डारी फाउण्डेशन बांँकेका अध्यक्ष सुर्य ढकालले गाउं, […]