प्याब्सन बाँकेको १३ औ जिल्ला अधिवेशन सुरु

११ पुष २०७३, सोमबार ११:२४
 

सदरलाइनडटकम,  
११ पुुस, नेपालगन्ज : निजि तथा प्राईभेट विद्यालयहरुको संगठन प्याब्सन बाँकेको १३ औं जिल्ला अधिबेशन सुरु भएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष लक्षबहादुर केसीले उद्दघाटन गरेको सो अधिवेशनका सहभागिले नीजि तथा प्राईभेट विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको राज्यले उपेक्षा गरेको बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले राज्यले निजि बिद्यालयका समस्यालाई सम्बोधन गर्दै सहकार्य गर्न तयार रहेको बताए । उनले निजि क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्थाहरुलाई नियमन मात्रै गर्ने भएको बताउदै राज्य सहकार्यको अवधारणाका साथमा अघि बढ्न तयार रहेको बताए ।
बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले संख्यात्मक भन्दापनि गुणात्मक शिक्षा प्रणाली अबलम्बन गर्दै जिल्लामा आफुहरु सहकार्यका साथमा अघि बढ्न चाहेको बताए । जिल्ला शिक्षा समिति बाँकेका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी प्याकुरेलले भने–‘निजि क्षेत्रका विद्यालयले अवलम्बन गर्दै आएको संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षा प्रणाली अपनाउन अनुरोध गर्न चाहान्छु ।
प्याब्सनका केन्द्रीय महासचिव डिके ढुंगानाले राज्यको गलत शिक्षा नीतिका कारण बैद्धिक पलायनको खतरा व्हात्तै बढेर अएको बताए । उनले भने–‘सरकारको नीतिको कारण शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी धारासायी हुने अवस्थामा पुगेको छ । राज्यले नीजि विद्यालयका उत्पादनलाई स्वदेशमै पढ्ने वाताबरण नदिएको कारण अध्ययनकै कारण बैद्धिक पलायन हुने क्रम बढेको हो ।’



उनले सरकार परिवर्तन संगै फेरिने शिक्षा नीतिको कारण निजि क्षेत्रबाट सञ्चालनमा आएको शैक्षिक संस्थाहरु मर्कामा परेको बताउदै राज्यले शिक्षाको क्षेत्रमा स्थायी रुपमा नीजि क्षेत्रको सहकार्य खोजी गर्नु पर्ने धारणा राखे ।
प्याब्सन केन्द्रीय सचिवालय सदस्य किशोर गौतमले राज्यले शैक्षिक क्षेत्रलाई उद्योगमा दर्ता गर्न लगाए पनि उद्योग सरह सुविधा नदिएको दुखेसो पोखे । उनले भने–‘ वियर, चाउचाउ उद्योग र शैक्षिक संस्थालाई राज्यले एउटै मापदण्डमा राखेको छ ।’
उनले निजि विद्यालय सञ्चालकहरुले घरको सम्पत्ती बेचेर विद्यालयमा लगानी गरेको कारण लगानीकर्तहरुले आफ्नो लगानीको प्रतिफल खोज्ने भएको स्पष्ट पारे । उनले निजि विद्यालयमा छात्रबृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षामा राज्यले छात्रबृत्ति नदिएर उनीहरुको भविश्य झन अन्धकार बनाएको दावी गर्दै राज्यको यहि रवैया रहे आउदो शैक्षिक सत्रदेखि निजि विद्यालयले छात्रबृत्ति कसैलाई पनि नदिने चेतावनी दिए ।
प्याव्सन बाँकेका अध्यक्ष ऋषिकेश जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर सिंह, एनप्याब्सनका केन्द्रीय सदस्य कुसुम रानाभाट, हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर पोख्रेललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा आहारा प्रजातीको अवलोकन सुरु

११ पुष २०७३, सोमबार ११:२४
सदरलाइनडटकम १२ पुस, नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघले खाने आहारा प्रजातीको अवस्था अध्ययन अवलोकन कार्य सुरु भएको छ । अत्याधुनिक प्रविधिका स्वचालित क्यामेरा प्रयोग गरी क्यामेरा ट्रयापिङ्ग सिस्टमबाट बाघ गणना तथा बाघको आहारा प्रजाती अनुगन कार्यक्रमको सुरुवात गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले निकुञ्जको […]

सम्बन्धित