कारागारका कैदीलाई चिसोबाट जोगाउन कम्मल बितरण

११ पुष २०७३, सोमबार ११:१३
 

सदरलाइनडटकम  

११ पुस, नेपालगन्ज : चिसोबाट जोगाउने उद्देश्यले नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीलाई नेपालगन्जका मुस्लिम समुदायले कम्मल बितरण गरेका छन् । कारागरमा कैदी बन्दी जीवन बिताई रहेका विपन्न कैदीबन्दीलाई चिसोबाट जोगाउने उद्देश्यले दुईसय थान कम्मल वितरण गरिएको हो ।

स्थानीय नेपाल ज्वैलर्सको तर्फबाट हाजी शकिल अहमद जसगढद्वारा उपलब्ध गराईएको सो कम्मल कारागारमा नै एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले कारागारका जेलरलाई हस्तान्त्रण गरिएको थियो ।
मुस्लिम अगुवा तथा सञ्चारकर्मी मो हारुणले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले चिसोबाट जोगाउनको लागि मुस्लिम समुदायले निर्वाह गरेको नागरिक उत्तरदायित्व सह्रानिय भएको उल्लेख गरे ।
सो अवसरमा बोल्दै हाजि शकिलले आफ्ना पिता स्व. हाजी मकबुल अहमदले ८ वर्ष अघिदेखि प्रत्यक जाडो याममा गरिवगुरुवाहरुलाई कम्बल वितरण गर्दै आएको स्मरण गर्दै यो वर्ष बागेश्वरी मन्दीर आसपासमा रहेका विपन्न र जेलका कैदीबन्दीलाई वितरण गरेको जानकारी दिए ।



सो कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एस्पी टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, मुस्लिम अगुवा रहममान मिया, अतहर हुसेन फारुकी, महेबुब ईद्रिसीलगायतले मन्तब्य राखेका थिए ।
नेपालगन्ज कारागारमा एक आश्रीत नाबालक र ५१ महिला सहित ६ सय १५ कैदी बन्दी रहेका छन्् । यसमा लागू औषधको कारोवारमा १ सय ५७ र कर्तव्य ज्यान, डाँका आदीमा १ सय ४८ जना रहेका छन ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्याब्सन बाँकेको १३ औ जिल्ला अधिवेशन सुरु

११ पुष २०७३, सोमबार ११:१३
सदरलाइनडटकम,   ११ पुुस, नेपालगन्ज : निजि तथा प्राईभेट विद्यालयहरुको संगठन प्याब्सन बाँकेको १३ औं जिल्ला अधिबेशन सुरु भएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष लक्षबहादुर केसीले उद्दघाटन गरेको सो अधिवेशनका सहभागिले नीजि तथा प्राईभेट विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको राज्यले उपेक्षा गरेको बताएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले […]