अन्तरालको दशौ स्थापना दिवश सम्पन्न

१० पुष २०७३, आईतवार ०४:५२
 

सदरलाइनडटकम ,  
१० पुस, नेपालगन्ज : ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशिल अन्तरालले दशांै स्थापना दिवशको अवसरमा नेपालगन्ज विशेष कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा २ जनालाई ‘ स्पेशीयल अवार्ड ’ बाट सम्मानित गरिएको छ ।
अवार्डवाट सम्मानित हुनेहरुमा सञ्चार क्षेत्रवाट पत्रकार नरेन्द्र थापा र उर्जा क्षेत्रवाट सुरेन्द्र शाही रहेका छन । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, राप्रपाका तेजविक्रम शाह, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय संयोजक मुरारी खरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, शिक्षा क्षेत्रवाट धम्वोजी उच्च माविकी प्राचार्य किरण आचार्यलगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा अन्तरालले १० वर्षमा गरेका प्रमुख कार्यहरु समेटेर तयार पारिएको विशेष श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा कवि दिनेश अधिकारीको एकल कविता वाचन

१० पुष २०७३, आईतवार ०४:५२
सदरलाइनडटकम ,   १० पुस, कोहलपुर : वरिष्ठ कवि, गीतकार तथा नेपाल सरकारका पुर्व सचिव दिनेश अधिकारीको बाँकेको कोहलपुरमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा करिब ५ सय भन्दा बढी टिकट बिक्री भएको कार्यक्रममा दिनेश अधिकारीलाई सुन्न २ सयबढी […]

सम्बन्धित