शैक्षिक सामाग्री र खाद्यान वितरण

८ पुष २०७३, शुक्रबार १२:१५
 

सदरलाइनडटकम   
८  पुस , नेपालगन्ज  : पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एचआईभी संक्रमित बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगायतको सहयोग गरेको छ ।सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एसडिएफ बाँके र सहकारी संस्थाको साझेदारीमा संचालित बाल अनुदान कोषको माध्यमबाट एचआईभी संक्रमित ७ जना बालबालिकालाई सहयोग गरिएको हो ।
फत्तेपुरका ३, नौवस्ताका–१, बेलहरीका–१, चिसापानीका–१, बानियाभारका–१ गरि ७ जनालाई शैक्षिक सामाग्री, पोशाक र खाद्यान तथा १ जना एकवर्षे बच्चालाई पाउडर दुध, विवा पाउडर र न्यानो लुगा वितरण गरिएको सहकारीका अध्यक्ष हरि तिमिल्सिनाले जानकारी दिए । उनले सहयोग गरिएका बालबालिकाहरुमा एकल अभिभावकत्व भएका ४ जना र विपन्न ३ रहेको बताए ।
सहकारीको बाल अनुदानकोषले विपन्न परिवार, अभिभावक विहीन र एकल अभिभावकत्व भएकाहरुलाई छनौट गरि शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबाट बञ्चित हुन नदिन सहयोग गर्नुका साथै आपातकालीन अवस्थामा पनि सहयोग गर्ने गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छाडा गाईबस्तु चौपायाको ब्यबस्थापन गर्न माग

८ पुष २०७३, शुक्रबार १२:१५
सदरलाइनडटकम    ९ पुस, नेपालगन्ज : सार्वजनिक सडकमा जथाभावी छाडिएका घरपालुवा जनावरको व्यवस्थित गर्नको लागि अधिकारकर्मीहरुले नेपालगन्ज उप–महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । घरपालुवा पशु सडकमा छाडेका कारण सडक दुर्घंटना निम्त्याई धनजनको क्षति हुन सक्ने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दै यसको उचित ब्यवस्था गर्न अधिकारकर्मीहरुले माग गरेका हुन् । कानूनी […]