निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशन नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

१ पुष २०७३, शुक्रबार १३:३९
 

    सदरलाइनडटकम , 
१ पुस, नेपालगन्ज : नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनमा विजयी भएका अध्यक्ष केदारप्रसाद देवकोटा लगायतका पदाधिकारीहरुलाई शुक्रबार नै पदभार तथा सपथ ग्रहण गराईएको छ । संगठनको अधिवेशन स्थलमा नै एक कार्यक्रमको आयोजना गरेर निर्वाचन समिति तथा अध्यक्ष मण्डलले अध्यक्ष देवकोटा लगायत सबै निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।

नेपालगन्जमा गत २७ गतेदेखि सुरु भएको भएको अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष देवकोटाले निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २४ मतले पछि पार्दै आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । देवकोटाले ३७१ मत ल्याए भने उनका प्रत्यासी घिमिरेले ३४७ मत मै चित्त बुझाउनु प¥यो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला अत्याधिक मत अन्तरले निर्वाचित भएका छन् । उनले २१० मत अन्तरले विजयी हुँदा ४१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकालले २९७ मत ल्याएका छन् । प्रदेश नं। १ बाट भुवन राईले ३५५, प्रदेश नं। २ बाट नौतम पोख्ररेल ३६०, प्रदेश नं। ४ बाट शरण कुमार गुरुङ्गले ३६० मत ल्याएर विजयी भए ।
यसैगरी प्रदेश नं। ५ बाट दधिराम मरासिनी र यामबहादुर खत्री दुबैले ३५५ मत प्राप्त गरी बराबरी, प्रदेश नंं। ६ बाट मोहन गिरिले ३६५, प्रदेश नं। ७ बाट रामचन्द्र जोशी ३६०, उपत्यका बाट कृष्णराज ढकाल ३६०, महिला उपाध्यक्षमा भवानी न्यौपाने दाहालले ३६१, आदीबासि जनजातीबाट ललिक बहादुर मर्हजन ३८५, अपाङ्ग पिछडिएको क्षेत्रबाट जीवनबहादुर भण्डारी ३८५ र श्रेण्नी बिहीनबाट बैकुण्ठ गुरागाईले ३५१ मत ल्याइ विजयी भए ।


त्यसैगरी ४०६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन् । उनी निवर्तमान केन्द्रीय कमिटीमा महासचिब कै भूमिकामा रहेका थिए उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याएका छन् । गौतम अध्यक्षका प्रत्यासी घिमिरेको समुहबाट निर्बाचनमा प्रतिश्पर्दी रहेका थिए ।


संगठनको उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत   ३१० र सीताराम घिमिरे ३३७ भने पराजित भए । उपमहासचिव समावेशीमा रेणुका केसीले ३६४ मत ल्याई विजयी भईन ।
संगठनको सचिवमा गगनबहादुर बिके ३५०, युवाचन्द्र घिमिरे ३५४, रामचन्द्र अधिकारी ३७३, शान्तिप्रसाद लुईटेल ३५६, महिला सचिवमा भवानी खतिवडा ३७१, समावेशी सचिवमा सिता गुरुङ्ग ३६८, कार्यालय सचिव बेदप्रसाद खतिवडा ३५४, कोषध्यक्ष बखतबहादुर खड्का ३६३, सहकोषध्यक्ष गणेश प्रसाद अचार्य ३७७ मत ल्याई बिजयी भए ।



यसैगरी केन्द्रीय सदस्यहरुमा प्रदेश नं. १ बाट काशिराज पराजुली, जसबहादुर राई, ध्रवकुमार कार्की, सावित्री कट्टेल सुजाता शाक्य, प्रदेश नं.२ बाट गोपाल थापा, राजकुमार दास, ज्ञानेन्द्र प्रधानाङ्ग, मञ्जुलता कुशवाह, सरस्वती धिमाल, प्रदेश नं. ३ बाट दयाराम खत्री, प्रकाश निरौला, विष्णुप्रसाद अर्याल, टिका केसी, शान्ति शर्मा विजयी भएका छन् ।


प्रदेश नं. ४ बाट तेजप्रसाद निउरे, निलकण्ठ पौडेल, रामचन्द्र पण्डित, मिठु रेग्मी लम्साल, सगुन कसजु, प्रदेश नं. ५ बाट कवि सिंह कठायत, काँशीराम अचार्य, खिमबहादुर जिसी, शिला मल्ल, प्रदेश नं. ६ बाट तुलाराम गिरि, भिमबहादुर विष्ट, लालप्रसाद पोखरल,कमला घराला शान्ति विष्ट, प्रदेश नं. ७ बाट कमलापति भट्ट, खोमबहादुर खालिङ्ग राई, नृपराज जोशी, मञ्जस महत, सुनैना श्रेष्ठ, र उपत्यकाबाट अमर गिरि, जयराज भण्डारी, दयाराम श्रेष्ठ, दुर्गा थापा, सूर्यबहादुर कुँवर मञ्जु कुमारी शर्मा सुनिता बस्नेत बिजयी भएका छन् ।
यसैगरी केन्द्रीय समिति खुला क्षेत्रबाट महिला सहित र समावेशी सहित १५ जना, अदिवासी जनजातीबाट ३, दलितकोटाबाट २,अपाङ्ग १, पिछडिएको क्षेत्रबाट २, श्रेणि विहीनबाट १, हुलाकी हल्काराबाट १, बन क्षेत्रबाट १ सवारीचालक २, एकीकरण सामुहिक प्रवेशबाट ४ जना विजयी भएका छन् ।


गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । शुक्रबार बिहानै निर्वाचन मण्डलले निर्वाचित सबैलाई पदतथा गोपनियताको सपथ गराउदै निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकासका लागि सडकमा उत्रन धुर्मुस सुन्तलीको सुझाव

१ पुष २०७३, शुक्रबार १३:३९
सदरलाइनडटकम    ३ पुस, नेपालगन्ज : धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले राजनीतिक परिवर्तनको लागि पटक–पटक सडकमा उत्रेपनि अव भने मुलुकको विकासको लागि सडकमा उत्रनु पर्ने बेला आएको बताएका छन् । फाउण्डेशनले नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘ राजनीतिक परिवर्तनको […]