नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी

१ पुष २०७३, शुक्रबार ०२:५६
 

सदरलाइनडटकम   
१ पुस, नेपालगन्ज : नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनमा अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् । संगठनको केन्द्रीय निर्वाचन आयोगले भने आधिकारीक नतिजा जानकारी गराई नसकेको भए पनि देवकोटाको समूहले बहुमतका साथ विजयी हासिल गरेको दावी गरेको छ ।
नेपालगन्जमा गत २७ गतेदेखि सुरु भएको भएको अधिवेशनबाट निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २४ मतले पछि पार्दै देवकोटा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । देवकोटाले ३७१ मत ल्याए भने उनका प्रत्यासी घिमिरेले ३४७ मतमै चित्त बुझाउनु प¥यो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला अत्याधिक मत अन्तरले निर्वाचित भएका छन् । उनले २१० मत अन्तरले विजयी हुँदा ४१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकालले २९७ मत ल्याएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा मञ्जु कोइरालालाई हराउँदै भवानी न्यौपाने दाहाल महिला उपाध्यक्षमा चुनिन सफल भईन । कोईराला निवर्तमान केन्द्रीय कमिटीको सदस्य हुन भने दाहाल सचिव हुन । दाहालले ३६१ मत ल्याइन् भने कोइरालाले ३४६ मत पाइन् ।
त्यसैगरी ४०६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन् । उनी निवर्तमान केन्द्रीय कमिटीमा महासचिब कै भूमिकामा रहेका थिए उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याएका छन् । गौतम अध्यक्षका प्रत्यासी घिमिरेको समुहबाट निर्बाचनमा प्रतिश्पर्दी रहेका थिए ।

संगठनको उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत (३१०) र सीताराम घिमिरे (३३७) भने पराजित भए ।
गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो ।


निर्वाचन परिणाम सहितको लिष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि प्रदेश नं. ५ मा तीनदिने आमहडताल

१ पुष २०७३, शुक्रबार ०२:५६
सदरलाइनडटकम      १ पुस, नेपालगन्ज : सरकारले संविधान संशोधनको नाममा दर्ता गराएको प्रस्तावको बिरुद्धमा पुस १ गत आजेदेखि प्रदेश नम्वर ५ मा तीनदिने आमहडताल आहवानले बाँकेमा पनि प्रभावित बनाएको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भएका छन् । प्रदेश नं. ५ अन्तरगतका बाँके, बर्दिया, दाङ्ग, […]

सम्बन्धित