५ नं. प्रदेश टुक्राउन खोजेको भन्दै शुक्रबारदेखि ३ दिने बन्द अव्हान

३० मंसिर २०७३, बिहीबार १३:३३
 

सदरलाइनडटकम
३० मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधनको नाममा दर्ता गराएको प्रस्तावको बिरुद्धमा पुस १ गतेदेखि प्रदेश नम्वर ५ मा तीनदिने आमहडताल आहवान गरिएको छ । प्रदेश नं. ५ अन्तरगतका बाँके, बर्दिया, दाङ्ग, प्युठान, रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी बन्द रहने बताईएको छ ।
संविधान संशोधन विरुद्ध आन्दोलन गरिरहेको एमालेलगायतका दलहरु सम्मिलित संयुक्त संघर्ष समितिले प्रदेश नम्वर ५ मा बन्द आहवान गरेको हो ।
सरकारले संविधान सशोधन मार्फत ५ नम्वर प्रदेश टुक्रयाउन लागिएको विरोध स्वरुप बन्द आहवान गरिएको हो । बुटवल लगायतका क्षेत्रमा बन्द आहवान गर्दै आएको संयुक्त संघर्ष समितिले पहिलो पटक प्रदेश बन्द गर्न लागेको नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।
उनले तीन दिने बन्दका क्रममा बजार, यातायात, कलकारखाना, शिक्षण संस्थालगायत बन्द रहने बताए । बन्दका क्रममा एम्वुलेन्स, अधिकारवादी संस्था, पे्रसका गाडी भने खुला रहनेछ ।
यसैगरी ५ नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरी संसदमा दर्ता भएको संविधान संशोधन विरुद्ध बिहीबारबाट फेरी रोल्पा र प्युठान पनि बन्दको आह्वान गरिएको छ ।
रोल्पा र प्युठानको संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने दलहरुले अडान लिएका छन् भने यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।अर्घाखाँंची, बुटवल र पाल्पामा भने बन्द हड्तालका कार्यक्रम स्थगित गरीए पनि विरोधका कार्यक्रम भने रोकिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी

३० मंसिर २०७३, बिहीबार १३:३३
सदरलाइनडटकम    १ पुस, नेपालगन्ज : नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनमा अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् । संगठनको केन्द्रीय निर्वाचन आयोगले भने आधिकारीक नतिजा जानकारी गराई नसकेको भए पनि देवकोटाको समूहले बहुमतका साथ विजयी हासिल गरेको दावी गरेको छ । नेपालगन्जमा गत २७ गतेदेखि सुरु […]