संविधान संशोधनका बिरुद्ध एमाले बाँकेको नेपालगन्जमा प्रदर्शन (फोटो र भिडियो सहित )

२६ मंसिर २०७३, आईतवार १०:१६
 

सदरलाइनडटकम, 
२६ मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधनको प्रस्तावमा सरकारले प्रदेश नं. ५ बाट पहाडी जिल्ला झिकेर अन्य प्रदेशमा गाभेको विषयमा एमालेले विरोध प्रर्दशनको आयोजना गरेको छ । आईतबार दिउसो करिव १ बजे तिर एमाले पार्टी कार्यालयबाट झण्डा व्यानर सहित निस्केको विरोध ¥याली बिपीचोक, धम्बोझीचोक हुँदै पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै बाँके निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित संसद तथा एमाले बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले सरकारले जनताको भावना विपरित प्रभुको ईशारामा संशोधन प्रस्ताव ल्याएर राष्ट्रियता खतरामा पारेको बताए ।
उनले सरकारले अघिसारेको संशोधन प्रस्तावले मुलुकको समस्या समाधान गर्नुको साटो झन बल्झाउने दावी गर्दै भने–‘सरकारले तत्काल संविधान संशोधन प्रस्ताव फिर्ता लिएर सहमतिको बातावरण तयार गर्न आवश्यक छ ।’ उनले सरकारले सहमतिको बाताबरण बनाउनुको साटो सबै पक्षलाई चिढाउने काम गरेको आरोप समेत लगाए ।


‘हामी कुनै पनि हालतमा सरकारले ल्याएको संशोधनको प्रस्तावलाई मान्दैनौ यो प्रस्ताव किन र कसका लागि ल्याईएको हो । संविधानमा असंतुष्टि जनाउदै आन्दोलनमा रहेको मधेशी मोर्चाले समेत असंतुष्टि जनाएको बेलामा सरकारले जबरजस्ती लाद्न पाउदैन’–उनले भने ।
एमालले केन्द्रीय सल्लाहकार समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं.४ बाट निर्बाचित संसद दलबहादुर सुनारले संविधान संशोधनको माग गर्दै आन्दोलन गर्दै आएकालाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव ल्याएको भए मान्न सकिने ठाँउ रहने भएपनि सरकारले राष्टियता नै धरापमा पार्ने गरी प्रस्ताब ल्याएको कारण आन्दोलनको बिकल्प नरहेको दावी गरे ।


उनले प्रदेश नं. ५ को एक ईन्च भूमि पनि खण्डित गर्न एमालेले नदिने तर्क अघिसादै भने–‘एमालेले मात्र होई नेपाली काँग्रेस, माओवादी केन्द्र, राजमो, नेमकिपा, नेकपा माले, राप्रपालगायतका पार्टीले यो संशोधन प्रस्तावको विरोधमा छन् भने सरकारले किन संशोधनको नौटंकी गर्दै छ ।’
संविधान संशोधनका बिरुद्ध नेकपा एमाले बाँकेले नेपालगन्जमा प्रर्दशन गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले जानकारी दिए । उनले बिरोध कार्यक्रममा सबैको सहभागिताको लागि आग्रह समेत गरे । सरकारले संविधान सांशोधनको प्रस्ताव फिर्ता नलिए पुस १–३ प्रदेश नं. ५ का सबै जिल्लाहरु ठप्प पार्ने गरी जिल्ला बन्दको आव्हान गरिएको सो अवसरमा एमाले बाँके अध्यक्ष कोईरालाले जानकारी दिए ।
उनले भने–‘हामी बन्दका पक्षपाति होईनौ तर, सरकारले बन्द र चक्काजाम नगरी नसुन्ने भएकोले पुष १–३ प्रदेश नं. ५ का सबै जिल्लामा बन्दको आव्हान गरेका छौ । राष्ट्रियता जोगाउनको लागि आवहान गरिएको आन्दोलनमा सबैको सहयोगको अपेक्षा राखेका छौ ।’


     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशनमा प्रतिनिधि मनोनितको किचलो

२६ मंसिर २०७३, आईतवार १०:१६
सदरलाइनडटकम,     २५ मङ्सिर , नेपालगन्ज – मुलुककै सबैभन्दा जेठो र ठूलो निजामती क्षेत्रमा क्रियाशिल टे«ड यूनियन नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनको अन्तिम बैठकमा प्रतिनिधि मनोनयनको विषयमा अध्यक्षले एकलौटी गर्न खोजेपछि बिबादित भएको छ । नेपालगन्जको न्यूरोडमा रहेको होटल स्वस्तिकमा बसिरहेको केन्द्रीय बैठकमा राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्ने मनोनित […]