एकमहिने आधारभूत पत्रकारिता तालिम सुरु

२५ मंसिर २०७३, शनिबार १२:४२
 

सदरलाइनडटकम,
२५ मंसिर, नेपालगन्ज : थारु पत्रकार संघ बाँकेको आयोजनामा शनिबारदेखि १ महिने आधारभुत पत्रकारिता तालिम नेपालगन्जमा सुरु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे र जिल्ला अध्यक्ष रुद्र सुवेदीले तालिमको उद्दघाटन गरेका थिए । तालिमको उदघाटन शत्रमा बोल्दै प्रमुख अतिथि गैरेले पत्रकारिता अध्ययन र अभ्यासको वरावर फ्युजन रहेको बताए । पत्रकारिता क्षेत्र अध्ययन र अभ्यास दुवै अति आवश्यक रहेको स्पष्ट पारे ।
उनले बाँकेमा क्रियाशिल थारु पत्रकारको संख्या न्यून रहेको बताउँदै उहाँले तालिम लिईसकेपछि क्रियाशिल भएर काम गर्न पनि प्रशिक्षर्थीहरुलाई आग्रह गरे । पत्रकारिता पेशमा सवै किसिमको आकर्षण भएको कारण अहिलेको प्राविधिकसंग खेल्न सकिने युवाको खाँचो रहेको बताए ।
अहिलेको प्रविधिको विकाससंगै पत्रकारिता परिवर्तन भएको कारण अहिलेको युवा पंक्तिलाई उपयुक्त रहेको कुरा महासंघका अध्यक्ष सुवेदीले बताए । ‘पत्रकारिता यस्तो पोशा हो जुन समयअनुकुल परिवर्तन हुन सकेमात्र टिक्न सकिन्छ’–उनले भने ।
पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका कानुनी सल्लाहकार ठाकुर सिङ थारु, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस युनियनका सचिव अर्जुन ओली, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण ओली, प्रेस मन्चका केन्द्रिय उपाध्यक्ष आशिष गुप्ता, पत्रकार गोविन्द शर्मा, गोपी बुढा, अक्षरी पोखरेललगायतले तालिमको सफलताको कामना गरेका थिए संघका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका सचिव भगतराम थारुले गरेका थिए भने आधारभुत पत्रकारिता तालिममा बाँके, बर्दिया र दैलेखका ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न ओली आउदै

२५ मंसिर २०७३, शनिबार १२:४२
सदरलाइनडटकम  २५ मंसिर, नेपालगन्ज : नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अधिवेशन यही मंसिर २७, २८ र २९ गते नेपालगन्जमा हुँदैछ । अधिवेशनको तयारी अन्तिम अबस्थामा पुगेको अधिवेशन आर्थिक उपसमितिका संयोजक हरिबहादुर खत्रीले बताए । ‘युद्धस्तर’मा तयारी […]

सम्बन्धित