बाँकेका दुई गाविस र नेपालगन्जको एक वडामा हैजाबिरुद्धको खोप खुवाईदै

१२ मंसिर २०७३, आईतवार १३:१२
 

 सदरलाइनडटकम,img_2267
१२ मंसिर, नेपालगन्ज : बाँकेका दुई गाविस र नेपालगन्ज उपमहानगरपलिाकाको एक वार्डमा मा हैजा विरुद्धको खोप खुवाईने भएको छ । यो अभियानलाई प्रभावकारी र सफल बनाउन धर्मगुरु तथा नागरिक अगुवासंग सहकार्य गरिने भएको छ । आगामी मंसिर १४ गतेदेखि १८ गतेसम्म बाँकेको उढरापुर, सोनपुर र नेपालगन्जको ५ नं. वडामा सञ्चालन गर्ने सो अभियानको पुर्व तयारीका कार्यक्रमलाई तिव्रता दिइएको छ । केहीवर्ष अघि ती ठाँउमा फैलिएको हैजाको कारण दर्जन बढीको ज्यान गएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले हैजा विरुद्धको खोप १ वर्ष माथिका सबैलाई अत्यन्त अशक्त बाहेकलाई घरघरमा पुगेर खोप खुवाईने जानकारी दिए ।
उनले बाँकेमा २७ हजारलाई खुवाइने लक्ष्य राखिएको जानकारी दिए । अभियान अन्तगर्त दोस्रो चरणमा पुष २ देखि ५ गतेसम्म खोप खुवाइने छ । उनले भने–‘यो अभियानमा सबैको सहयोग आवश्यक भएकोले हैजा विरुद्धको खोपलाई सफल पार्नको लागि हामीलाई आवश्यक सल्लाह सुझावको अपेक्षा गरेको छु ।’

img_2262उनले अशक्त विरामी र १ वर्ष मुनीका बालबालिका बाहेक अन्यलाई हैजा विरुद्धको खोप खुवाईने भएकोे र यसको कुनै पनि साईड ईफेक्ट नभएको बताए । उनले यसको लागि महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीले घरघरमा पुगेर खुवाउने जानकारी दिए ।
जिल्ला विपद व्यवस्थापन समिति अन्तरगत स्वास्थ्य तथा पोषण समूहको अगुवाईमा भएको स्वास्थ्य सरोकारवाला निकायवीचको भेला तथा छलफलले तयारीको तिव्रता र सफलताका लागि विभिन्न निर्णय गरेको छ ।
रोटरी कोरियाको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको अगुवाईमा अभियान सञ्चालन हुन लागेको खोप लिन नमान्ने समुदाय÷क्षेत्रमा के कसरी हैजा विरुद्धको खोप ग्रहण गर्न लगाउने विषयमा छलफल गरी विद्यालय÷मदरसाका शिक्षक÷शिक्षिका, धर्मगुरु, नागरिक समाजका अगुवा आदिसंग छलफल गरी कार्यक्रममा सबैको सहभागिता जनाउन अपिल गर्ने भएको छ ।
रोटरी कोलावेरेशनका प्राविधिक सहयोगी डा निवेश पौडेलले हैजा विरुद्धको खोपको कुनै नकरात्मक प्रभाव नरहेको भन्दै ढुक्कका साथ खोप खाने, खुवाउने बातावरण सिर्जना गरिदिन सम्वद्ध सवैमा अपील गरे । उनले खोप अभियानको प्रभावकारिताका लागि स्थानीय स्वास्थ्य केन्द्र, गाविसमार्फत व्यापक प्रचार प्रसार गर्ने, स्थानीय राजनीतिकर्मी, सामाजिक, धार्मीक अगुवा, शिक्षक, बाल क्लवसँगको समन्वयमा सचेतनामुलक कार्य, गतिवीधी बढाइने निर्णय गरिएको छ ।


img_2269

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम क्लब र न्यु बागेश्वरी स्कुल बिजयी

१२ मंसिर २०७३, आईतवार १३:१२
सदरलाइनडटकम,  १२ मंसिर, नेपालगन्ज : नेपालगन्जमा जारी बिशाली साईकल कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेटको आईतबार भएको खेलमा मध्यपश्चिम क्लब र न्यु बागेश्वरी स्कुल बिजयी भएका छन् । पहिलो खेलमा मध्यपश्चिमले सगरमाथालाई १ विकेटले पराजित गर्न सफल भयो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको सगरमाथाले १५ ओभरमा सम्पुर्ण १० विकेट गुमाई ९५ […]