र्यालीसहित सुरु भयो १६ दिने महिला हिंसा बिरुद्धको अभियान (फोटो कथा सहित )

१० मंसिर २०७३, शुक्रबार १२:५२
 

img_2197

img_2225


img_2180 img_2182 img_2185 img_2188 img_2190 img_2192 img_2195  img_2201 img_2205 img_2207 img_2211 img_2213 img_2214 img_2215 img_2221 img_2222  img_2226 img_2173 img_2179

सदरलाइनडटकम
१० मंसिर, नेपालगन्ज : घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज भन्ने मुल नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको अभियानको बाँकेमा सुरुवात गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद राइले जिल्ला प्रहरी कार्यालयमा आाउने अधिकांश हिंसाका घटना घरेलु हिंसा रहेको बताउदै हिंसा न्युनिकरणको निम्ति नर र नारी हिंसा रहित हुन जरुरी रहेको बताए ।
गैसस महासंघका अध्यक्ष प्रमोद रिजालले प्रत्येक व्यक्ति महिसा गर्दिन सहन्न र हुन दिन्न भन्ने प्रतिबद्धता गर्ने हो भने महिला हिंसा अन्त्य गर्न सकिने बताए । महिला बालबालिका कार्यालय बाँकेका अधिकृत सुनिता के.सी.१६ दिने महिला हिंसा विरुद्धको अभियानको इतिहासको बारेमा जानकारी गराउदै हिंसा न्युनिकरणको अगुवाइ पुरुषले गर्न जरुरी रहेको बताइन ।
विभिन्न व्यानर र प्लेकार्ड सहित विपिचोकबाट निकालिएको र्यालीधम्बोझी चोक हुदै सेतु विक चोकमा गएर कोणसभा परिणत भएको थियो । र्यालीमा सरकारी गैरसरकारी संघसंस्था प्रतिनिधि , प्रहरीको व्याण्डबाजा सहितको उपस्थिति रहेको थियो । र्यालीमा १६दिने महिला हिंसा विरुद्धको अभियानको पम्प्लेट र सेतोरिवन वितरण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका केन्द्रीय अध्यक्ष ज्ञवालीको निधन, अन्तिम संस्कार बाँकेको सिद्धन्निया घाटमा शनिबार नै गरीने

१० मंसिर २०७३, शुक्रबार १२:५२
सदरलाइनडटकम, ११ मंसिर, नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद शर्मा ज्ञवालीको ८० वर्षको उमेरमा शविबार बिहान निधन भएको छ । लामोसमयदेखि मृगौला सम्बन्धी रोगले पीडित रहका उनी मधुगुरु र माधव ज्ञवालीको नामले परिचित थिए । उनको नेपालगन्ज–१३ मा आफ्नै निवासमा शनिबार बिहान २ बजे निधन भएको उनका […]

सम्बन्धित