भेरी स्कुल र मध्यपश्चिम क्लब बिजयी

८ मंसिर २०७३, बुधबार १३:३६
 

बैशाली कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता

सदरलाइनडटकम,  unnamed-5
८ मंसिर, नेपालगन्ज  : नेपालगन्जमा जारी बैशाली कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा भेरी स्कुल र मध्यपश्चिम क्लब बिजयी भएको छ । बुधबार विहान भएको पहिलो खेलमा भेरी स्कुलले डीएसपी रकर्स क्लबलाई ६ विकेटले परजित गर्दै विजयी यात्रा सुरु ग¥यो । रकर्सले पहिलो ब्याटिङ गर्दै १५ ओभर मा ९ विकेट गुमाई १ सय १७ रन बनाएको थियो ।
रकर्सका लागि अमन अन्सारीले ३१, तथा अफरज खान र प्रशांत गुप्ताले क्रमसः १५÷१५ रनको योगदान दिएका थिए । खेलका म्यान आफ दी म्याच भेरीका बलर नरेन्द्र खडकाले हैट्रिक सहित ५ विकेट तथा सरोज रानाले १ विकेट लिन सफल भए । १ सय १८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भेरीले १४ दशमलव १ ओभरमा सो लक्ष्य सजिलै प्राप्त गर्न सफल भयो ।
भेरीका रिसभ कुँवरले अर्धशतिकिय पारी खेल्दै ५७ रन जोडेका थिए । रकर्सका अरमान सल्मानीले २ विकेट लिए ।
त्यसै गरि सम्पन्न दोश्रो खेलमा मध्यपश्चिम क्लबले समावेशी स्कुललाई ७१ रनले परजित गर्न सफल भएको छ । पहिलो ब्याटिङ गरेको मध्यपश्चिमले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । म्यान आफ दी म्याच भरत थापाले मध्यपश्चिमको तर्फबाट सर्वधिक ७८ रन बनाए । त्यस्तै शिव डाँगीले ३१ तथा प्रतिक गिरीले २० रनको योगदान रहेको छ ।


unnamed
समावेशीका विश्व कोईरालाले २ विकेट लिएका थिए । १ सय ७५ रनको विजयी लक्ष्य लिएर उत्रिएको समावेशीले १५ ओभरमा ९ विकेट क्षतिमा १ सय ३ रनमा सिमित भएपछि ७१ रनले हार स्वीकार्न बाध्य भयो । मध्यपश्चिमका प्रतिक गिरी र निरज सुनारले समान ३÷३ विकेट लिएका थिए । बिहीबारको पहिलो खेल विहान ९ बजे सनबीम स्कुल र नेपालगन्ज मोडल एकेडेमी तथा दोस्रो खेल दिउँसो १ बजेबाट मंगलप्रसाद मावि र न्यु बागेश्वरी क्लब बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधी जित्ने टीमलाई नगद १० हजार र उपबिजेतालाई ५ हजार रुपिया प्रदान गरिेने आयोजक समितिका सचिव जमील अन्सारीले जानकारी दिए । नकआउट प्रणालीमा प्रतियोगिता १० दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपांगता भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

८ मंसिर २०७३, बुधबार १३:३६
सदरलाइनडटकम,  ९ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिमा रहेका अपांगता भएका बालबालिकाका निम्ति विहिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्ज मेडिकल कलेजको समन्वयमा सहयात्रा परियोजना अन्तरगत बाँके युनेस्को क्लबद्धारा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा नेपालगन्ज उपमहानगरपालिका भित्रका ७६ जना अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा अपांगता भएका […]

सम्बन्धित