एकसाता पछि सर्यो बैशाली साईकल क्रिकेट प्रतियोगिता

२७ कार्तिक २०७३, शनिबार १३:४८
 

सदरलाइनडटकम, pic1
२७ कात्तिक, नेपालगन्ज : नेपालगन्जमा आयोजना गर्न लागिएको अण्डर सिक्सटीन टी–ट्वान्टी क्रिकेट प्रतियोगिता प्राविधिक कारणले एक सातापछि हुने भएको छ ।
रोयल स्पोर्टस क्लब, नेपालगन्जको आयोजना तथा बैशाली साईकलको प्रायोजनमा हुन लागेको सो प्रतियोगिता प्राबिधिक कारणले दोस्रो पटक सारिएको आयोजकले जनाएको छ ।
कार्तिक २७ गतेबाट संचालन गरिने भनिएको सो प्रतियोगिता मंसिर ४ गतेबाट शुरु हुने आयोजक क्लवका सचिव जमील अन्सारीले बिज्ञप्तिमार्फत जानकारी गराएका छन् । सहभागी विद्यालयले तयारीको समय नपुगेको भन्दै केहिदिन पछि सार्न अनुरोध गरेपछि प्रतियोगिता सारिएको सचिव अन्सारीले जानकारी दिए ।
नेपालगन्ज मंगलप्रसाद माविको मैदानमा हुने प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । नकआउट प्रणालीको आधारमा मंसिर ४ गतेदेखि सुरु हुने प्रतियोगिता एक सातासम्म चल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिवाद थाँती नराख्न गच्छदारको आग्रह

२७ कार्तिक २०७३, शनिबार १३:४८
सदरलाइनडटकम, २८ कात्तिक, नेपालगन्जः मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पुर्व र पश्चिमका पाँच जिल्लाको बिवादलाई थाँती राखेर गरिने सिमाङ्कन हेरफेरले समस्याको समाधान गर्नुको साटो बल्झाउने बताएका छन् । नेपालगन्जमा आईतबार आयोजित पत्रकार भेटघाटमा पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष गच्छदारले भने,– पाँच जिल्लाको विवाद यथावत राखेर गरिने संविधान […]