बाँके प्रहरीद्वारा एकलाख बढीको पटाका नष्ट(भिडियो सहित)

१८ कार्तिक २०७३, बिहीबार १२:४६
 

सदरलाइनडटकमIMG_1513     
१८ कात्तिक, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँके र मातहातका विभिन्न प्रहरी यूनिटहरुबाट तिहारको लागि लक्षित गरी ल्याईएका पटाका तथा अन्य आतिसबाजीका सामान नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको सो पटाकाको अन्दाजी मूल्य १ लाख २५ हजार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

IMG_1492
उनले जिल्ला विभिन्न प्रहरी युनिट तथा जिल्ला प्रहरी कार्यालय बाँकबाट गस्तीमा गएको प्रहरीको टोलीले छ बोरा करिव ७० केजी पटाका नियन्त्रणमा लिएको साथै पटका पड्काई आतिसबजी गर्ने ४० जनलाई नियन्त्रणमा लिएर सचेत गराई छाडिएको बताए ।
उनले भने–‘पटका जन्य विष्फोटक पर्दाथबाट कुनै अपृय घटना नहोस भनेर प्रहरीले पटका भित्रयाउन कडाई गरेको भएपनि बाँकेमा पटाका पड्काउने क्रममा ४ जना बालक घाइते भए ।’ भाईटिकाको एकदिन अघि नेपालगन्ज–१६ बेलासपुरका ४ जना बालक पटका पड्काउने क्रममा घाइते भएका थिए ।

दशै तिहारमा जिल्ला प्रहरी कार्यालय बाँकेमा विभिन्न ५१ मुद्दा दर्ता

बाँकेमा दशैको घटस्थापनादेखि तिहारको भाईटिकासम्म विभिन्न अपराधका ५१ मुद्दा दर्ता भई अनुसंधान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाले दिएको जानकारी अनुसार विभिन्न अपराधका ५१ मुद्दामा संलग्न ५९ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको छ ।

IMG_1499
बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले पर्व अवधिभर सबैभन्दा बढी केही सार्वजनिक अपराध शिर्षकमा सबै भन्दा बढी मुद्दा दर्ता भएको बताए । उनले सो अवधिमा १८ वटा केही सार्वजनिक अपराधका मुद्दा दर्ता भएको जानकारी दिए ।
डिएस्पी पौडलका अनुसार लागू औषधका १३ मुद्दा, जबरजस्ती करणीपछि हत्याको १, कर्तव्य ज्यान २, ठगी ३, साधारण चोरी ३, सवारी चोरी, सामुहिक जबरजस्ती करणी १, र सवारी ज्यानका २ मुद्दा दर्ता भई अनुसंधान सुरु गरीएको छ । उनले सो अवधिभर १६ वटा सवारी दुर्घटना भई ११ जना घाइते भएको, विभिन्न १३ ठाँउमा २७ लाख बराबरको धामाल चोरी भएको, ४ जनाले आत्महत्या गरेको, ३ जना मृत अवस्थामा भेटिएको, ३ जनाको पानीमा डुबेर मृत्यु भएको जानकारी दिए ।


IMG_1496
बाँके प्रहरीले सो अवधीमा भारतबाट चोरी पैठारी गरी ल्याउदै गरेको ३ किलो ७ सय २५ ग्राम चाँदी सहित २ जना तस्करलाई नियन्त्रणमा लिएको र तिहारमा पड्काउनको लागि भारतबाट नेपाल ल्याउदै गरेका र विभिन्न स्थानमा विक्रिको लागि रखिएको अवस्थामा छ बोरा अन्दाजी मूल्य १ लाख २५ हजार बराबरको ७० केजी पटाका नियन्त्रणमा लिएको साथै पटका पड्काई आतिसबजी गर्ने ४० जनलाई नियन्त्रणमा लिएर सचेत गराई छाडिएको जनाएको छ ।

IMG_1505

IMG_1495

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कसैलाई खुसी पार्न सिमाङ्कन हेरफेर गर्न सकिदैन : एमाले उपाध्यक्ष गौतम

१८ कार्तिक २०७३, बिहीबार १२:४६
रुद्र सुवेदी/सदरलाइनडटकम,   १९ कात्तिक, नेपालगन्ज : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रदेशको सिमांकन कसैलाई खुसी पार्नको लागि हेरफेर गर्न नसकिने बताएका छन् । एमाले बाँकेले शुक्रबार दशै तिहार छठ, हिजरी संवत, नेपाल संवत लगायतका पर्वको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । […]