लायन्सद्वारा मन्टेश्वरी र डे केयर सेन्टरका शिक्षिकालाई तालिम

१२ कार्तिक २०७३, शुक्रबार ०४:२३
 

14601079_1235131569888018_5666674218362485922_n

सदरलाइनडटकम,    
१२ कात्तिक, बर्दिया : लायन्स क्लव अफ नेपालगन्ज सेन्ट्रलको आयोजनामा मन्टेश्वरी र डे केयर सेन्टर सञ्चालन गर्दै आएका शिक्षिकाहरुलाई पूर्व बालशिक्षा अभ्यास तथा प्रयोगात्मक सामाग्री निर्माणसम्बन्धी तालिम बर्दियाको भकारीमा सम्पन्न भएको छ ।
लायन्स क्लव अफ नेपालगन्ज सेन्ट्रल र एसओएस बालग्राम नेपालगन्ज, एसओएस समाजिक सेवा केन्द्र बर्दियाको आयोजनामा सुरु भएको सो तालिममा बाँके, बर्दिया र सुर्खेतका २९ जना मन्टेश्वरी तथा डेकेयर सेन्टरमा कार्यरत तथा सञ्चालन गर्दै आएका शिक्षिकाहरु सहभागि रहेको लायन्स क्लव अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष तुलाराम विश्वासले जानकारी दिए ।

14680543_1235131626554679_193152849844041819_n
पाँच दिनसम्म सञ्चालन भएको सो तालिममा प्रशिक्षक लुना बुढाथोकीले बालबालिकालाई विद्यालय जानु अघिको बालमनोविज्ञान बुझेर उनीहरुलाई बालमैत्री बाताबरणमा विभिन्न कुराहरु सिकाउनुको साथै उनीहरुको चाहाना अनुसार खेलाउने, सुताउने, विभिन्न गतिविधिहरु सिकाउने र विद्यालय जाँदा उनीहरु खुसीखुसी जाने बाताबरण सृजना गर्ने तरिका बारे शिक्षिकालाई तालिम दिईएको थियो ।
तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ का पूर्व डिस्ट्रिक्ट गर्भनर सेम शाक्यले प्रमाण पत्र बितरण गर्दै तालिममा सिकेको कुरालाई व्यावहारमा उर्तानको लागि आग्रह गरे । उनले यस्ता तालिमले बालबालिका माथि विद्यालयमा बालमैत्री बाताबरणको सृजना हुने अपेक्षा समेत गरे ।
कार्यक्रममा ला.सरिता शाक्य,नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य टंक धामी, बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पढम बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।


14670826_1235131339888041_3106197191808107440_n

14601013_1235131713221337_1451414607442305571_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फत्तेवाल आँखा अस्पतालद्वारा औषधि पसलेलाई आँखास्वास्थ्य तालिम

१२ कार्तिक २०७३, शुक्रबार ०४:२३
नरेन्द्र सिंह/सदरलाइनडटकम  १२ कात्तिक, नेपालगन्ज : नेपाल नेत्रज्योति संघ बाँके र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राले एक दिने छ ः घण्टाको आँखा स्वास्थ्य तालिम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि एनसिडिएका अध्यक्ष अभयराज बस्नेत रहेको कार्यक्रमको शुभारम्भ फत्तेबाल अाँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माले गरेका थिए । भने कार्यक्रमको समापन फत्तेबाल अाँखा […]