संयुक्त राष्ट्र संघको ७१ औं वार्षिक उत्सवका अवसरमा नेपालगन्जबाट रोड शो सुरुवात

८ कार्तिक २०७३, सोमबार १६:५९
 

14798874_10209857998020414_1830456369_n

सदरलाइनडटकम
८ कात्तिक, नेपालगन्ज : संयुक्त राष्ट्र संघको ७१ औं वार्षिक उत्सवका अवसरमा संयुक्त राष्ट्रसंघले दिगो बिकासको लक्ष्यका बारेमा सचेतना फैलाउन रोड शो नाम अभियान नेपालगन्जबाट शुरु गरेको छ ।  नेपालमा दिगो विकासको लक्ष्यका बारेमा सर्बसाधारणलाई सचेतना फैलाउन संयुक्त राष्ट्रसंघले एसडिजिएस रोड शो नामक देशव्यापी सञ्चालन गरिने अभियान सोमबार नेपालगन्जबाट शुरु गरेको हो ।
संयुक्त राष्ट्र संघ युएन आरसीका प्रतिनिधी टोमो होजुमीले रोड शो को सुरुवात गर्दै दिवसका अवसरमा दिगो विकासको लागि युवाहरुको सहभागिता अपरिहार्य भएको बताए । उनले दिगो विकासका लक्ष्य तथा उद्देश्यहरुका बारेमा जानकारी गराउँदै, दिगो विकासको लक्ष्यमा युवाहरुको हुन सक्ने भूमिका तथा निर्धारित लक्ष्यसम्म नेपालको विकासमा गरिन सकिने र विकासका बिषयमा छलफल, अभिमुखिकरण गरेर कार्यक्रमको शुरुवात गरेको बताए ।
जिल्ला विकास समिति बाँकेको समन्वयमा गरिएको सो कार्यक्रममा दिगो विकासका लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने कार्य, यसका सम्भावना, चुनौती लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
सहस्राब्दी विकास लक्ष्य (एमडीजी) मा आठ वटा लक्ष्यहरु रहेका थिए भने दिगो विकास लक्ष्य (एसडीजी) मा १७ वटा लक्ष्य र १ सय ६९ वटा सुचांकहरु रहेको जनाईएको छ ।
सबै राष्ट्रमा गरिबि, भोकमरी अन्त्य गरी स्वास्थ्य, शिक्षा, लैङिगक समानता, खानेपानी तथा सरसफाई लगाएतका कुराहरुमा नागरिकहरुको सहज पहुँच अविवृद्धि गर्ने र राष्ट्रहरुवीच देखिएको विभेद अन्त्य गरि जनसंख्याको खपत उत्पादनमा लगाउने, सौर्य उर्जालाई सदुपयोग सम्वन्धी अध्ययन तथा विषलेषण, जस्ता कुराहरु दिगो विकासको लक्ष्य अन्र्तगत समेटिएका छन ।
यस्तै जलवायु परिवर्तन सम्वन्धी, महासागर, समुन्द्र तथा वनजंगल लगायतको संरक्षण गरि विश्वलाई नै एकताको सुत्रमा बाँधी सबै राष्ट्र स्थायी शान्ति र समृद्ध विकास गर्ने जस्ता कुराहरु उल्लेख गरिएको जनाईएको छ ।

14826357_10209858159984463_1056018046_n
उसो त मध्यपश्चिमञ्चल विकास क्षेत्र र वर्तमान प्रदेश नम्बर ५ सहित नेपालका धेरै ठाउँमा अहिले पनि गरिबी, अशिक्षा, बेरोजगारी, मातृ मृत्युदर, कुपोषण, बालविवाह, छाउपढि प्रथा, लैगिंग असामान्ता लगाएत चुनौतीहरु रहेको उल्लेख गर्दै यी सबैबाट पार लाग्न राजनैतिक प्रतिबद्धता सहितको सर्वपक्षिय पहलको खाँचो रहेको सो अवसरमा औल्याईएको थियो । माथिका यस्ता धेरै कुराहरुमा गति लिन सके मात्र आगामी सन २०३० भित्र दिगो विकासका १७ लक्ष्य पुरा गरि नेपाल विकान्मुख राष्ट्रवाट विकसिल राष्ट्रका रुपमा रुपान्तरित हुने विश्वास गरिएको छ ।
गैर सरकारी संस्था महासंघ सहित बाँके जिल्लामा क्रियाशिल विभिन्न एक दर्जन संघ संस्थाहरुले संयुक्तरुपमा सहकार्य गरेको कार्यक्रममा गीताञ्ली शाह, प्रेम सिंह नायक, बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसाल, जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधीहरु लगाएतको सहभागीता रहेको थियो ।

14801158_10209858160224469_848843390_n


14797447_1194482243945703_1418333898_n

14813451_10209858159824459_323446211_n

14800964_10209858159904461_208173376_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाअभियोगको प्रस्तावलाई संविधान संशोधनसँग सौदावाजी गर्ने कुरा एमालेलाई मान्य छैन : शंकर पोखरेल

८ कार्तिक २०७३, सोमबार १६:५९
सदरलाइनडटकम,   ११ कार्तिक, काठमाडौं : नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको सौदावाजीको रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिईए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले संविधान संशोधनको शर्तको रुपमा महाअभियोग प्रस्ताव बनाईए त्यसलाई आफ्नो […]