पशुवली प्रथाविरुद्धको सचेतना जगाउदै सामाजिक जागरणको टोली शान्ति पदयात्रामा

१ कार्तिक २०७३, सोमबार १४:२८
 

सदरलाइनडटकम,   unnamed (2)  
१ कात्तिक, पोखरा : सामाजिक जागरणका लागि नारी अभियानको टोली पशुवलीप्रथा विरुद्ध सचेतना जगाउदै शान्तिस्तुपामा पुगेको छ । ग्रामीण पर्यटनको प्रवद्धन गरौ, कुरीति कुसंस्कार हटाई सभ्य समाजको निर्माण गरौ भन्ने उद्घोषका साथ उक्त कार्यक्रम गरिएको आयोजकले वताए ।
कास्कीलाई पशुवलीप्रथा मुक्त जिल्लाका रुपमा चिनाउन पहल गर्नुपर्ने, वुद्ध जन्मेको देशमा मठ मन्दिरहरुमा हिंसा गर्न नहुने सन्देशका साथ थालिएको सो अभियानमा विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको छ । पोखराको चर्चित धार्मिक पर्यटकिय स्थल तालवराही मन्दिर हुदै ढुङगा चढेर पुम्दीभुम्दी रानीवन हुदै शान्ति स्तुपामा सचेतना मुलक व्यानर टाँसी पुनः रानीवन हुदै वाराही घाटसम्म पदयात्रा गरिएको थियो ।

unnamed
कार्यक्रमको समापन गर्दै अभियन्ता सुष्मा पौडेलले पशुवलीप्रथा समाजको कुरीति भएको भन्दै तुरुन्त अत्य गर्नुपर्ने र कास्कीलाई पहिलो पशुवलीमुक्त जिल्लाका रुपमा घोषणा गर्नुपर्नेमा जोड दिइन् । उनले शान्ति स्तुपामा आएर पोखरा शान्त छ पशुवलीप्रथा अत्य हुदैछ भन्ने सन्देश दिन शान्ति पदयात्रा मार्फत यो कार्यक्रम गरिएको वताइन् । सवै सभाध्यक्ष र सवै प्रमुख अतिथि रहेको सो कार्यक्रममा कार्यक्रम संयोजक उशा गोशेलीले स्वागत गरेकी थिइन् ।


unnamed (3)
यसभन्दा अगाडि अभियानले कास्कीका विन्धवासिनी, तालवराही, अकलादेवी, शितलादेवी, भद्रकाली, दुर्गामन्दिर लगायतका शक्तिपिठहरुमा सरसफाई तथा सचेतना मुलक कार्यक्रम तथा गोरखाको मनकामना मन्दिरमा सचेतना कार्यक्रम अन्तरक्रिया सहित सचेतना मुलक व्यानर टाँस्ने कार्यक्रम, पशुवलीप्रथा विरुद्ध अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
त्यस्तै सामाजिक जागरणका लागि नारी अभियानले स्थापना भएको छोटो समयमा विभिन्न सचेतना मुलक कार्यक्रम, समाजको कुरीति कुसंस्कार विरुद्ध सचेतना, तराई पहाड सद्भाव कार्यक्रम, ट्राफिक सचेतना, पाठेघर क्यान्सरसम्वन्धी सचेतना, जेष्ठ आमाहरुको सम्मान तथा पोखरा दर्शन, वृद्धाआश्रममा सहयोग, चेपाङलाई सहयोग, अग्निपीडित तथा भुकम्प पीडितलाई सहयोग लगायतका विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।

unnamed (4)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके नौबस्ताको तल्लो गाभरमा बृद्ध महिलाको शव भेटियो, हत्याको आशंका

१ कार्तिक २०७३, सोमबार १४:२८
सदरलाइनडटकम.  २ कात्तिक, नेपालगन्ज : बाँकेको नौबस्ता–७ तल्लो गाभरमा एक बृद्ध महिलाको शव भेटिएको छ । शवको अवस्था हेर्दा  उनलाई  हत्या गरिएको हुन सक्ने  आशंका  गरिएको छ  । ईलाका  प्रहरी  कार्यालय  कोहलपुरका  ईन्चार्ज प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लले दिएको जानकारी अनुसार सो शव सोही ठाँउकी ६४वर्षिया देवीसरा विकको हो । उनी […]