कारागारका कैदी बन्दीले भने,: पेट भर्ने सिदा र खुट्टा पसारेर सुत्ने व्यवस्था गरिदेउ

१७ आश्विन २०७३, सोमबार १२:५९
 

सदरलाइनडटकम IMG_9926
१७ असोज, नेपालगन्ज : कारागारमा कैदी बन्दीको जीवन यापन गरि रहेका कैदी बन्दीहरुले राज्यले आफुहरुलाई साँझ विहान खानपुग्ने सिधा (राशन) र सुत्नको लागि आवश्यक स्थान दिन माग गरेका छन् । कारागार तथा प्रहरी हिरासतको अनुगमनमा आएको महान्यायाधिवक्ताको कार्यालयको टेलिसंग उनीहरुको सो माग गरेको महान्यायाधिवक्ताको कार्यालयको टोलिले नेपालगन्जमा सरोकारवाला निकायसंग गरेको छलफलको बेलामा जानकारी गराएका हुन ।
कारागारमा जीवन बिताइरहेका कैदी बन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने बाध्यता र पुरानो स्केलको सिदापानीको व्यवस्था लगायतका बिषयमा कारागार तथा हिरासत अनुगमन टोलसिंग गुनासो पोखेको टोलीको प्रमुख नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीले जानकारी दिए ।
उनले बढ्दो जनसंख्याको आधारमा नया“ भौतिक पूर्वाधार निर्माण गर्न नसकेको कारण बा“के, बर्दिया र सुर्खेतका कारागारमा क्षमता दोब्बर बढि कैदी÷बन्दीहरु कोचाकोच गरेर बस्न बाध्य भएको आफुहरुले अनुगमनको क्रममा पाएको बताए । ‘क्षमता भन्दा बढी सङ्ख्या भएका कारण कैदी÷बन्दीहरु रातमा आलोपालो गरेर सुत्न बाध्य भएको,उपिया, उडुस र लामखुट्टेको प्रकोप समेत कारगार भित्र रहेको, शौचालय प्रयाप्त मात्रामा नहुनु र ढल निकास नभएकाले प्रदुषणमा नै बस्न बाध्य भएको उनीहरुको गुनासो थियो’–उनले भने ।
कैदी बन्दीहरुले उपचार, टेलीफोन, टेलीभिजन पत्रपत्रिकाको सेवा सुविधा राम्रो रहेको बताए । उनीहरुले बढ्दो महङ्गीका कारण ७ सय ग्राम चामल र दैनिक पाउने ४५ रुपियाले जीवन धान्न कठिन भएको बताए । त्यसै गरि महिला कैदी बन्दीहरुले पनि दैनिक दिदै आएको ४५ रुपिया कम भएको बताउदै ठाँउ सानो भएका कारण भेटघाट गर्न समस्या रहेको बताए ।
कारागारभित्र अन्य ब्यवस्थाहरु सन्तोषजनक देखिए पनि क्षमता भन्दा बढि कैदी÷बन्दी राख्नाले सुत्न समेत समस्या भइरहेको पाइएको अनुगमन टोलकिा संयोजक नायव महान्यायाधिबक्ता सुवेदीले बताए । उनले भने,–भौतिक पूर्वाधारको अबस्था अत्यन्त नाजुक देखियो । निकै कष्टकर तरिकाले सुत्ने, बस्ने गरेको कैदी÷बन्दीहरुले गुनासो गरेका छन् ।’ क्षेत्रीय कारागारका रुपमा रहेको बा“के कारागारको क्षमता तीन सय मात्र हो तर यहा“ अहिले ६ सय ४५ जना राखिएको छ । त्यस्तै बर्दियामा सय क्षमता भए पनि २ सय ९० कैदी÷बन्दी राखिएको छ । सुर्खेतमा अनुगमन गर्न बांकी रहेको र त्यहां पनि क्षमता भन्दा बढि कैदी÷बन्दी राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
बाकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले पुराना भौतिक संरचनामा फेरबदल नगरेका कारण क्षमता भन्दा बढि कैदी÷बन्दीहरु कारागारमा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले बा“केको नौबस्तामा ३ हजार क्षमताको नयां कारागार निर्माणका लागि प्रक्रिया सुरु भइसकेको बताए । ‘सरकारले दोब्बर कैदी बन्दी राख्नुपर्ने जुन समस्या छ, त्यसलाई गम्भीरता पूर्वक लिएको छ’ प्रमुख जिल्ला अधिकारी पन्थले भने,– नयां कारगार बनाउने प्रक्रिया पनि सुरु भइसकेको छ ।’
जेलर श्यामलाल लामिछानेले औषधी उपचारमा सिमित रकम आउने भएकाले रकम भन्दा बढी खर्च हुने गरेको, मध्य तथा सुदूरपश्चिमका अन्य जिल्लाबाट उपचारका लागि रिफर गर्ने ठाउ भएका कारण पनि उपचार खर्च बढी लाग्ने गरेको बताए । भौतिक संरचना सिमित हुन र कैदी बन्दीहरुको सङ्ख्या बढी भएकाले बसाइमा समस्या भएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्रामिण क्षेत्रका विद्यालयमा भवन भएर पनि आवश्यक फर्निचर नहुँदा पढाई प्रभावित

१७ आश्विन २०७३, सोमबार १२:५९
रुद्र सुवेदी/सदरलाइनडटकम १७ असोज, नेपालगन्ज: आवश्यक फर्निचर, झ्याल, ढोकाको अभावमा बाँकेको वनकट्टी–४ मा रहेको श्रीमाध्यामिक विद्यालयको दुई तले नयाँ भवन प्रयोग बिहिन भएको छ । ‘निर्माण पुरा गएिको भए पनि आवश्यक फर्निचर र झ्याल ढोकाको अभावमा नयाँ भवन प्रयोग गर्न नसकिए पछि दैनिक कक्षा सञ्चालनमा समेत कठिनाई हुँदै आएको छ’–विद्यालयका […]