राष्ट्रबादी समूहले धम्बोझीचोकमा पूर्वराजा बीरेन्द्रको शालिक राखेरै छाड्ने उद्घोष

१३ आश्विन २०७३, बिहीबार १३:१२
 

सदरलाइनडटकम    raja 1
१३ असोज, नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा पूर्व राजा स्वर्गिय वीरेन्द्र शाहको शालिक पुन: स्थापना गर्नका लागि राष्ट्रबादी समुहले उद्घोष गरेको छ । राप्रपा नेपालको नेतृत्वमा आएको सो समुहले नेपालगन्जको वीरेन्द्रचोकमा रहेको शालिक हटउदै ईतिहास मेटाउने कार्य भएको तर्क अघि सार्दै उनीहरुले सरकार तथा प्रमुख राजनीतिक दलहरुको कडा आलोचना गर्दैे पूर्वराजा स्व. वीरेन्द्रको शालिक स्थापना गर्न जस्तो सुकै मुल्य चुकाउन पछाडी नपर्ने चेतावनी दिएका छन् ।
राप्रपा नेपालका महामन्त्री डा. धवल शम्शेर राणाले इतिहासलाई मेटाउने राष्ट्रघातिहरुलाई खबरदारी गर्दै शालिक स्थापना गर्न कसैले रोक्न नसक्ने बताए । महामन्त्री राणाले भने–‘जनताको भावना विपरित इतिहास मेटाउने काम भएको छ, त्यसको ठूलो मुल्य चुकाउन पर्छ । यदि शालिक राख्न निदिए नेपालगन्जबाट सल्किएको आगो देशैभरी फैलन्छ ।’ उनले त्यो आगो निभाउन नसकेर सत्तामा रहेकाहरु सत्ता छोडेर भाग्न पर्ने अवस्था आउने चेतावनी समेत दिए ।

raja 2
राप्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजासंग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने प्रष्ट भएको बताउँदै जनतामा जागेको आक्रोसले शालिक स्थापना गरेरै छाड्ने बताए ।
राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलले कोणसभालाई स्वागत गर्दै २४ घन्टा वित्न नपाउँदै रातारात शालिक गावय बनाउने विरुद्ध आमजनता ओर्लिएको भन्दै इतिहासको धरोहर वीरेन्द्र शाहको शालिक पुन स्थापन भएरै छाड्ने जनाए । उनले ठूलो संख्याको जनमानसको उपस्थितिले पनि प्रष्ट पारेको भन्दै अन्तिमसम्म जनताको साथ रहने उल्लेख गरे । कर्याक्रममा बोल्ने अन्य वक्ताहरुले पनि शालिक स्थापनामा कसैले रोक्न नसक्ने बताएका थिए ।
नेपालगन्जको धम्बोझी चोकमा दोस्रो जनअन्दोलनमा आन्दोलनकारीले भत्काएपछि लामो समयसम्म राष्ट्रिय झण्डा राखिएको थियो गत महिनामा झण्डा फर्ने बाहानामा पूर्वराजा बीरेन्द्रको अर्धकदको शालिक राखिएकोमा २४ घण्टा नबित्दै स्थानीय प्रशाशनले सो शालिक झिकेको थियो ।
unnamed

Next Post

पिउने पानीमा देखिएको फोहोरको विरोध गर्दा रोका झ्यालखानामा

१३ आश्विन २०७३, बिहीबार १३:१२
सदरलाइनडटकम १३ असोज काठमाडौं : अक्वा निर्मल क्वालिटि ड्रिंकिङ् वाटरमा देखिएको फोहोरको विरोध गर्दा आफूलाई प्रहरी खोरमा थुनिएको पीडित शंकर रोका बादलले आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित रोकाले उक्त कुरा बताएका हुन् । आफूले खानेपानी लागि भनेरै जार किन्दा नखोलेको शिलप्याक जारमै फोहोरको […]