बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी तालिम

१० आश्विन २०७३, सोमबार १२:२२
 

सदरलाइनडटकम  unnamed
१० असोज, नेपालगन्ज : जिल्ला बालकल्याण समिति, बाँकेको आयोजना, सेभ द चिल्ड्रेन नेपालगन्ज तथा बाँके युनेस्को क्लबको सहयोग एवं सहकार्यमा जिल्ला बालकल्याण समिति बाँकेका पदाधिकारी, सदस्य तथा जिल्लामा कार्यरत गैरसरकारी संघसंस्थाहरूका लागि नेपालगन्जमा आयोजना गरिएको बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सोमवार सम्पन्न भएको छ ।
बालसंरक्षण र घटना व्यवस्थापन कार्यमा क्षमता अभिवृिद्ध गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो तालिममा जिल्ला बालकल्याण समितिका सदस्यहरू लगायत जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला सरकारी वकिलको कार्यालय, नेपाल बार एसोसिएसन (जिल्ला तथा पूनरावेदन अदालत बार एकाइ), भेरी अञ्चल अस्पताल, भेरी श्रम कार्यालय, नेपालगन्ज उप–महानगर पालिका, जिल्ला बालक्लब सञ्जाल, उपमहानगर स्तरीय बालक्लब सञ्जाल तथा बालबालिकाको क्षेत्रमा जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संघसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तालिममा ८ महिला र २३ पुरुष गरी जम्मा ३१ जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बालअधिकारको क्षेत्रमा विगत तीन दशकदेखि कार्यरत बालअधिकार अभियन्ता चन्द्रिका खतिवडाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । तालिमको समापनमा बोल्दै महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख महिला विकास अधिकृत प्रभा श्रेष्ठ ओलीले तालिममा सिकेका कुरा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले आफनो व्यवहारमा कार्याव्यन गर्नु पर्ने बताईन ।
सो अवसरमा सेभ द चिल्ड्रेन नेपालगन्जका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजना अधिकृत बिरेन्द्र थापा, युनिसेफका बाल संरक्षण अधिकृत राजू खनाल, बालसंरक्षण अधिकृत शोभा राम बस्नेत र बाँके युनेस्को क्लबका परियोजना संयोजक आशिष बर्मा लगायतकोले बोलेका थिए । आइतवार शुरु भएको सो तालिमको उदघाटन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका अध्यक्ष जगतबहादुर बस्नेतले गरेका थिए । सिराज खानबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्थायी शिक्षक धर्नामा

१० आश्विन २०७३, सोमबार १२:२२
नरेन्द्र सिंह/सदरलाइनडटकम   १० असोज, नेपालगन्ज : अस्थायी शिक्षक आन्दोलन संघर्ष समिति बाँकले सरकारले अस्थायी शिक्षकलाई एकपटकको लागि प्रतिष्पर्धामा सहभागी गराई बाहिरिने शिक्षकलाई उपदान सरह सुविधा दिनुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ । सोमबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका उनीहरुले सामुहिक रुपमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन […]