सामुहिक नमाज पढेर नेपालगन्जका मुस्लिम समुदायले बकरा ईद मनाउदै 

२८ भाद्र २०७३, मंगलवार ०६:०८
 

IMG_9437

सदरलाइनडटकम
२८ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व ईद–उल–अजहा (बकरा ईद) मंगलबार बिहान साढे ८ बजे नेपालगन्जको विपिचौकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नामाज पढेर मानउन सुरु भएको छ ।
नेपालगन्जका इस्लाम धर्मावलम्बीहरुले यो वर्षको यो पर्वमा दाईजोको बिरुद्ध जनचेतना फैलाउदै मुलुकमा शान्ति अमन चैन माग गर्दै सामुहिक नामज पढेको हाजि शकिल कादरीले जानकारी दिए ।

IMG_9446

मंगलबारदेखि बिहीबारसम्म मनाईने यो पर्व हज र कुर्वानी (वलि) गर्नु पर्ने प्रमुख विषेशता रहेको छ । बकरईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएको मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वलि कुर्वानी दिने प्रचलन रहेको छ ।
नेपालगन्जमा बकरईदको लागि हजारबढी पशुहरु ल्याईएको अनुमान छ । मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

IMG_9460

उनले यो पर्वको अवसरमा समुदायमा छोरीलाई पढाउन र दाईजो प्रथाको अन्त्यको लागि विशेष प्रवचन ‘तरकरीर’ गरिएको जानकारी दिदै भने–‘यो पर्वको अवसरमा समुदायलाई छोरीलाई अनिवार्य रुपले पढाउनु पर्ने, तथा आफ्नो छोराछोरीको विवाहको बेलामा दाईजोको माग नगर्ने र विद्यालयले अनिवार्य गरेको पोषाकलाई एच्छिक बनाएर समुदायका छोरीलाई विद्यालय जाने बाताबरण बनाउन सहायोग गर्ने सञ्चारमाध्यामलाई समेत धन्यवाद दिएको छ ।’
सो पर्व मनाउनको लागि मंगलबार विहानैदेखि नेपालगन्जको वीपी चौकस्थित रहेको इदगाह मस्जीदमा नेपालगन्ज र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो । उनीहरुले एक आपसमा बकरीदको अवसरमा ‘इद मुबारक’भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे ।

IMG_9470


सञ्चारकर्मी लियाकत अलीका अनुसार आजै गरिब, टुहुराहरुलाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । मुश्लिम समूदायले यस पर्वका अवसरमा समेत साउदीको मक्का मदीनामा हज गर्न जाने गर्दछन । यो पर्व तीनदिनसम्म मनाइने परम्परा छ । यसै अवसरमा नेपाल सरकारले मंगलवार देशभर सार्बजनिक विदा दिएको छ ।
IMG_9472

यसैबीच मुस्लिम समुदायको सो पर्वको शुभकामना दिनको लागि विहानै विभिन्न क्षेत्रका व्यक्तिहरु, राजनीतिज्ञ, तथा सञ्चारकर्मीहरु ईदगाह मस्जिद पुगेका थिए । बाँके प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, प्रहरी प्रमुख टेकप्रसाद राईले सो अवसरमा ईदको नमाज पढेर फर्केका समुदायलाई शुभकामना दिएका थिए ।

IMG_9476 IMG_9481 IMG_9503 IMG_9508 IMG_9512 IMG_9520 IMG_9526 IMG_9527 IMG_9531 IMG_9534

IMG_9535

IMG_9542

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हे अल्लाह मेरो पुकार सुन्नुहोस !

२८ भाद्र २०७३, मंगलवार ०६:०८
नेपालगन्जको ईदगाह अगाडि आफ्नो दाजुसंग बकरईदको नामाज पढेर अल्लाहसंग आफ्नो मनोकामना (दुआ) माग्दै मुस्लिम बालक । फोटो : सदरलाइनडटकम

सम्बन्धित