नेपालगन्जमा ईद उल अजाह (बकरईद)को तयारी सकियो

२७ भाद्र २०७३, सोमबार १३:२०
 

सदरलाइनडटकमIMG_1203
२७ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक सुरु भएको छ । मंगलबारदेखि सुरु हुने सो पर्व तीन दिनसम्म मनाइने चलन रहेको छ । रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ ।
बकरईदमा कुर्वानी (पशु बली) दिने चलन भएकोले नेपालगन्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी राँगा जस्ता जानवरको जोहो गरि सकेका छन् । भेडा, खसी बाख्रा,दुम्बा जस्ता साना जनावर १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको पैmजुनब्बी जामा मस्जिद नेपालगन्जका ईमाम मुफ्ती सबिहुल हसन मिस्वाहीले जानकारी दिए ।
नेपालगन्ज बीपिचोकमा चाँद सिरक पसलका मो.ऐश ठकुराईले यो वर्षको बकरईदमा कुर्वानीको लागि १४ हजारको खसि किनि सकेको बताए । उनले भने–‘यो वर्षको बकरईदमा कुर्वानीको लागि खसीको जोहो गरी सकेको छु । गतवर्षको भन्दा अलि महंगो छ ।’ उनले ईदगाहमा हुने सामुहिक नमाजको लागि आवश्यक कपडाको समेत जोहो गरिसकेको बताए ।
नेपालगन्ज–१५ का मौलाना जियाउल मुस्तफा नूरानीले पनि कुर्वानीको लागि खसीको खोजि गरी सकेको बताए । उनले भने–‘गत वर्ष २५ हजारमा दुईवटा खसी किनेको थिए । यो वर्ष दुईवटा खसीको दाम २६ हजार प¥यो ।’ उनले हजरते ईब्राहिम र हजरते स्माईलको सम्झनामा कुवार्नी गराउने मान्यता र परम्परा अनुसार आफुहरुले त्यसको अनुसरण गर्दै आएको बताए ।
नेपालगन्ज फलफूल व्यावसायी संघका अध्यक्ष मो. शम्शेर राईले पनि करिव २४ किलो वजनको खसी कुर्वानीको लागि किनेको बताए । यसैगरी संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मो. ईस्तियाक राईले पनि बकरईदको कुर्वानीको लागि खसी खरिद गरेको जानकारी दिए ।
सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जो संग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।
फैजुनब्बी जामा मस्जिद नेपालगन्जका ईमाम मुफ्ती मिस्वाहीले कुर्वानी गर्नको लागि योग्य पशुको उमेर तोकीएको र कुर्वानी गरेको पसुको छाला धार्मिक संस्थालाई, मासुलाई तीनभाग लगाई एक भाग गरिव गुरुवा, एक भाग साथीभाई र एकभाग आफुलाई खान राखिने चलन रहको जानकारी दिए ।
उनले कुवानीको लागि बाख्रा खसी, भेडा, दुम्बाको उमेर कम्तीमा पनि १ वर्ष पुरा भएको, राँगा भैसीको २ वर्ष र उटको ५ वर्ष उमेर पुरा भएको मात्र योग्य हुने नियम रहेको बताए ।
यसैबीच नेपालगन्जको सुर्खेतरोडमा रहेको ईदगाह सञ्चालकको समेत जिम्मेवारी लिएको फैजुनब्बी जामा मस्जिदका ईमाम मुफ्ती मिस्वाहीले मंगलबार बिहान साढे आठ बजे ईद उल अजाह बकरईदको सामुहिक नमाजको व्यवस्था गरिएको र त्यहा पुग्न नसक्नेको लागि साढे आठ बजे फुलवारी मस्जिदमा गरी व्यवस्था गरि सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुहिक नमाज पढेर नेपालगन्जका मुस्लिम समुदायले बकरा ईद मनाउदै 

२७ भाद्र २०७३, सोमबार १३:२०
सदरलाइनडटकम २८ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व ईद–उल–अजहा (बकरा ईद) मंगलबार बिहान साढे ८ बजे नेपालगन्जको विपिचौकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नामाज पढेर मानउन सुरु भएको छ । नेपालगन्जका इस्लाम धर्मावलम्बीहरुले यो वर्षको यो पर्वमा दाईजोको बिरुद्ध जनचेतना फैलाउदै मुलुकमा शान्ति अमन चैन माग गर्दै सामुहिक नामज […]

सम्बन्धित