अमला फल एक, उपचार अनेक !

२६ भाद्र २०७३, आईतवार ११:१४
 

amala


के तपाई कब्जियत, रगत बग्ने, चिलाउने, स्वास गन्हाउने सम्बन्धित रोगबाट ग्रशिति हुनुहुन्छ ? यदी हुनुहुन्छ भने नियमित खानुहोस अमला । अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।
कब्जियत
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।
अरुचि
दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
रगत बग्ने
रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर ९महिनावारीमा बढी रगत जाने०, अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।
शरीरको गर्मीपना हटाउन
जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।
चिलाउने समस्या
सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।
आँखाको दृष्टिशक्ति बढाउन
अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।
स्वास गन्हाउने
अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।
कपालको चाया
हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।
भिटामिन सीको कमी पूरा गर्न
अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ। –एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औषधि उपचारको लागि ७० हजार ५ सय ७ सहयोग हस्तान्त्रण

२६ भाद्र २०७३, आईतवार ११:१४
 सदरलाइनडटकम, २७ भदौ, नेपालगन्ज: सुर्खेत भेरीगंगा नगरपालिका–४ झिग्नीकी दृष्टिबिहिन कुश्मा सुनारका पति तुलसिराम बिकको उपचारका लागि स्थानीयस्तरबाट संकलन गरिएको रकम हस्तान्त्रण गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण भारतको हिमाञ्चलमा स्याउको भारी बोक्ने क्रममा चिप्लेर लडेका विकको दाहिने खुट्टा भाँचिएको थियो । बासको आयोजनामा आईतबार नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा […]