बाँकेमा पनि मनाईयो निजामति सेवा दिवस (फोटो फीचर सहित )

२२ भाद्र २०७३, बुधबार १६:०८
 

सदरलाइनडटकम
२२ भदौ, नेपालगन्ज : ‘सेवा मैत्री र जवाफदेही प्रशासन : संघियतामा सुशासन’ भन्ने मूल नाराका साथ बाँकेमा पनि राष्ट्रिय निजामति कर्मचारी दिवस–२०७३ मनाईएको छ । IMG_9212

निजामति दिवसको अवसरमा जिल्ला प्रशासन कार्याललय बाँकेबाट निस्केको र्यालीले त्रीभुवनचोक हुँदै जिविस पुगेर कोण सभामा परिणत भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलला पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधिश बमकुमार श्रेष्ठले निजामति कर्मचारीले आफ्ना समस्यालाई थाती राख्दै सेवाग्राहीलाई सेवा दिनु पर्ने धारणा राखे ।
IMG_9131

उनले भने–‘सुशासनको आधारस्तम्भ नै निष्पक्ष र निरन्तर सेवा प्रवाह हो । निजामती कर्मचारीले कुनै पूर्वाग्रह नराखि सेवा दिनु कर्तव्य पनि हो ।’ उनले सेवाग्राहीको मन जितेर सेवा प्रवाह गर्न सबै कर्मचारीको दायित्व समेत भएको प्रसंग कोट्टयाउदै सबैले दिवसको अवसरमा यो मूलभूत कुरालाई मनन गर्न आग्रह गरे ।
IMG_9135


सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, अधिकारिक कर्मचारी ट्रेड युनियनका कावा अध्यक्ष नवराज शाह, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि बिन्दू कुँवर, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य मञ्जु कोईराला, जिल्ला अध्यक्ष अग्नीप्रसाद आचार्य, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य उत्तमसिंह सोढी, जिल्ला अध्यक्ष हुतराज न्यौपाने, नेपाल निजामति कर्मचारी संघ युनियनका केन्द्रीय सदस्य शिवराज तिमिलसेना, मधेशी कर्मचारी मञ्चका रामकुमार थारु, स्वतन्त्र कर्मचारी मिलन केन्द्रका रामकृष्ण थारु, सरकारी चालक संघका कर्णबहादुर गुरुङ्गलगायतले शुभकामना व्यक्त गरेका थिए ।
IMG_9137

सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले स्वागत गरेको कार्यक्रमको सहजिकरण नेपाल निजामति कर्मचारी संगठन बाँकेका सचिव हरी खत्रीले गरेका थिए । यस अघि १७ गते भेरी अञ्चल अस्पतालका विरामीलाई फलपूmल बितरण गर्नुको साथै २१ गते जिल्ला प्रशाशन कार्यालय बाँकेको परिसरमा बृक्षारोपण गरीएको थियो । IMG_9138 IMG_9139 IMG_9141 IMG_9142 IMG_9144 IMG_9147 IMG_9150 IMG_9166 IMG_9167 IMG_9169 IMG_9174 IMG_9180 IMG_9187 IMG_9197 IMG_9199 IMG_9205

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अहिले कै संरचना अनुसार स्थानीय निकायको चुनाब गर्नुपर्छ: अध्यक्ष राणा

२२ भाद्र २०७३, बुधबार १६:०८
सदरलाइनडटकम २३ भदौ नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले अहिले कै संरचना अनुसार स्थानीय निकायको निर्बाचन गर्नुपर्ने बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रान्तिय सरकार गठन नहुँदासम्मका लागि अहिले कै गाविस र नगरपालिका कै आधारमा स्थानीय निकायको […]