एमाले सचिव भट्टराई भन्छन : संविधान संशोधनका लागि प्रतिपक्षसंग संवाद गर

१८ भाद्र २०७३, शनिबार ११:५०
 

IMG_8867


सदरलाइनडटकम
१८ भदौ, नेपालगन्ज : एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपालको संविधान संशोधनको लागि विदेशी गुहार्नु भन्दा प्रतिपक्षसंग संवादको थालनी गर्नुपर्ने सुझाव दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई आफ्ना विषेश दूत गृह तथा उप–प्रधानमन्त्री विमलेन्द्र निधि मार्फत पठाएको पत्रबारे टिप्पणी गर्दै सो सुझाव दिएका हुन ।
प्रेस चौतारी नेपाल बाँकेले शनिबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘नेपालको संविधान संशोधनको लागि विदेशी प्रधानमन्त्रीले केही पनि गर्न सक्दैनन बरु सहमति खोज्ने नै हो भने प्रमुख प्रतिपक्ष र प्रतिपक्षसंगको संवाद गर्दै कुन कुरामा संशोधन गर्नु पर्ने हो छलफलमा ल्याउनु प¥यो ।’
उनले नेपालको आन्तरिक मामिलामा बैदेशिक हस्तक्षेप बढाउदा नेपालको सार्वभौमता र रष्ट्रियतामा नै खलल पुग्ने भएको प्रसंग उल्लेख गर्दै भने–‘प्रधानमन्त्रीका विषेश दूतका रुपमा भारत गएका उप–प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको साथमा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्र नेपालको संसदमा सार्वजनिक गरिनु पर्छ ।’
उनले संविधान संशोधनको कुरा नितान्त नेपालको र नेपालीको कुरा भएकोले हामी आफैले बसेर समाधान गर्न सकिने कुरा विदेशी प्रधानमन्त्रीलाई पत्रै लेखेर गुहार्नु राम्रो कुरा नभएको दोह¥याए । मधेशी मोर्चाको मागलाई सम्बोधन ओली सरकारले नै गरि सकेको समेत दावी गर्दै उनले प्रदेशको सिमाङ्कनको विषयमा प्रदेश सभाले नै टुंग्याउने गरी संविधानको धारा २७४ मा उल्लेख भए अनुसार नै हुने भएकोले सो विषयमा संशोधन असंभव भएको स्पष्ट पारे ।
उनले भने–‘संविधान निर्माण गर्दा हिजो सुदूरपश्चिमको एक ईञ्च पनि दिन्न भनेर अड्डि कस्ने शेरबहादुर र माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले आफैले हस्ताक्षर गरेको कुरालाई कसरी संशोधन गर्नु हुन्छ ?’ उनले यथासक्य चाँडो स्थानीय निकायको संख्या तथा मिाङ्ककनको विषयमा टुंगो लगाएर निर्वाचन गराउनेतर्फ लाग्नुको विकल्प नभएको बताए ।
उनले फास्ट ट्रयाक तथा ठूला आयोजनाहरु नेपालले आफ्नै पहलमा निर्माण हुनुपर्नेमा एमाले दृढ रहेको स्पष्ट पादै कुनैपनि हालतमा सो योजना विदेशीको हातमा दिन नहुने बताए । उनले भने–‘ यो योजना नेपालीले बनाउदा र विदेशीले बनाउदा निर्माण मूल्यमा धेरै नै फरक परेको हामीले पाएका छौ । नेपाली निर्माण व्यावसायीले बनाउदा ७० अर्वमा योजना सम्पन्न हुने तर बिदेशीले बनाउदा १ खर्व २० अर्व लाग्ने अव कसले बनाउदा ठिक आफै मूल्याङ्कन गर्नुहोस ।’
भारतीय प्रवासी संघ उत्तरप्रदेशको अधिवेशनको लागि भारतको लखनउ जान नेपालगन्ज आईपुगेका एमाले सचिव भट्टराईले आफ्नो समस्या समाधान गर्नको लागि नेपाली आफै सक्षम भएकोले विदेशीलाई गुहार्नु रष्ट्रियतामाथिको खेलवाड गर्नु भएको बताए ।
उनले संविधान राजनीति सहमतिको दस्तावेज भएको प्रसंग उल्लेख गर्दै भने–‘हालका सत्ताधारीले संविधान आफ्नै पार्टीको घोषणा पत्र भए झै जतिबेला चाहे त्यतिनै बेला संशोधन गर्न सकिन्छ भन्ने मानशिकता त्याग्दै सबैसंंग संवादको थालनी गर्न आवश्यक छ ।’ IMG_8859

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीज, व्रत र वैदिक मान्यता 

१८ भाद्र २०७३, शनिबार ११:५०
हिन्दु महिलाहरुको लागि मौलिक पर्व तीजको रमझम आजभोलि बाटोमा श्रृगांर गरेर महिना दिन अघि देखि शहर बजारमा र टेलिभिजनमा शुरु हुन्छ । खेतीपाती सिद्धाएपछि माइतीमा तीज मान्न हिडेका मैतालु देख्न पाइन्थ्यो । आजभोलि एनजीयो संस्कृतिको कुसंस्कारले होला महिना दिन अघिबाट होटल र पार्टी प्यालेस पो भएछन् तीजको दर खाने ठाउँ […]