तीजका विषयमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह

१५ भाद्र २०७३, बुधबार ०५:४६
 

unnamed (3)सदरलाइनडटकम
१५ भदौ, नेपालगन्ज : नेपाली महिलाहरुले धुमधामका साथ मनाउने गरेको हरितालिका तीजका विषयमा सकारात्मक सन्देश प्रवाह गरेर भडकिलो हुन नदिन संचार माध्यमले विशेष पहल गर्नु पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ ।
क्रियाशिल पत्रकार महिला बाँकेले भडकिलो तीज किन भन्ने विषयमा नेपालगन्जमा आयोजना गरेको सण्डे क्लब कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले धार्मिक पर्वको रुपमा मनाउने गरिएको हरितालिका तीजलाई भडकिलो भनेर यसको गरिमालाई धुमिल्याउने काम भई रहेको हुँदा तीजको महत्व र गरिमा राख्न संचारकर्मीहरुले सकारात्मक समाचार सम्पे्रसण गरेर सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले पछिल्लो चरणमा तीजलाई मनाउने तरिका अलि फरक भएपनि समय सापेक्ष परिवर्तनलाई अंगाल्नु पर्ने तर भडकिलो रुपमा नभई रिति रिवाजलाई जर्गेना गर्ने गरि तीज पर्व मनाउनु पर्नेमा जोड दिए । unnamed (2)
भडकिलो तीजका विषयमा मुख्य वक्ताका रुपमा रहेकी अग्रज पत्रकार एवं प्राध्यापक मुना श्रेष्ठले हरितालिका तीजलाई महिला स्वतन्त्रताको अर्को रुपमा लिने गरिए पनि स्वतन्त्रताको नाममा भडकिलो पहिरन र खानपानले महिलाहरुको क्षमता माथी प्रश्न चिन्ह उब्जिएको हुँदा खानपान भन्दा पनि आफ्ना अधिकार र समाजमा व्याप्त कुरितीका विरुद्ध एक भएर पर्वलाई मनाउनु पर्नेमा जोड दिईन ।
त्यसैगरी क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अछरी पोख्रेलले तीजले महिलाहरुलाई क्रियाशिल हुन र एकजुट हुनमा मद्दत पुगेको हुँदा यसका नकारात्मक पाटोलाई पन्छाउदै सकारात्मक पाटोलाई अंगाल्नु पर्ने बताईन ।
कार्यक्रमका क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष उमा थापाले हरितालिका तीजलाई भडकिलो हुन नदिन सामाजिक रुपमा एक अर्काको देखाशिखिको पछि लाग्न नहुने, वर्षभरीको समाजमा देखिएको राम्रो नराम्रो कामको समीक्षा सहित तीज भित्रको कुरितीलाई पन्छाउने परम्पराकोunnamed (1) थालनी गर्नुपर्नेमा जोड दिईन ।
सचिव अमृत केसीले सहजिकरण गरेको छलफलमा पत्रकारहरु मधु पौडेल, निशु जोशी, अमृता केसी, अर्जुन ओली, विजय मल्ल, रञ्जिता ढकाल, करुणा शाह, करिस्मा योगी, लक्ष्मी बिसीलगायतले तीज पर्वलाई धार्मिक पर्वको रुपमा अगांल्नु पर्नेमा फेसन शोको रुपमा लिइएको हुँदा यसलाई परिवर्तन गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझीचोकमा पूर्वराजा वीरेन्द्रको शालिक राखियो

१५ भाद्र २०७३, बुधबार ०५:४६
झण्डा फेर्ने भन्दै शालिक राख्न खोज्दा भयो केहीबेर झडप सदरलाइनडटकम १६ भदौ, नेपालगन्ज : नेपालगन्जको धम्बोझीचोकमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ । राप्रापा नेपाल निकट राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोझी चोकमा राखिएको राष्ट्रिय झण्डा फेर्ने भन्दै […]

सम्बन्धित