होटलको कोठामा राई मृत अवस्थामा भेटिए

१५ भाद्र २०७३, बुधबार ०४:३१
 

download (1)सदरलाइनडटकम
१५ भदौ, नेपालगन्ज : कोहलपुरमा रहेको पपलाईफ होटलमा एक युवक मृत अवस्थामा र अर्का युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन् । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार नेपालगन्ज–कोहलपुर हाईवेमै पर्ने होटल पपलाईफ कोहलपुरको कोठा नं. २ सय ४ मा बसेका कोहलपुर–११ का ३० वर्षिय विकास राई मृत अवस्तामा भेटिएका हुन । भने कोहलपुर– ११ कै पवन श्रेष्ठ गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले सुर्खेत विरेन्द्रनगर नगरपालिका–१८ का ईश्वर थापाको नाममा कोठा बुक गरी मृतक राई समेत चारजना मंगलबार ९ बजेदेखि होटलमा बसेका थिए ।
‘विहान होटलको २०४ नं. कोठमा युवकको मृत्यु भएको जानकारी पाएपछि हामी ५ः४५ मा पुगेर हेर्दा राईको मृत्यु भई सकेको र पवन श्रेष्ठ गम्भीर अवस्थामा भेटेका थियौ । उनलाई उपचारको लागि अस्पताल पठउदै बाँकी दुई जना ईश्वर थापा र नेपालगन्ज–१३ का प्रशान्त शाक्यलाई प्रहरी नियन्त्रणमा लिएका छौ’–प्रहरी नयव उपरिक्षक काफ्लेले भने ।
उनले कोठाको अवस्था शंकास्पद रहेको जानकारी दिदै भने–‘कोठाको अवस्था शंकास्पद रहेको छ । कोठाभरी मादक पदार्थका बोतल छरपष्ट रहेको भेटिएको छ । मृतक राईको र गम्भीर घाइते रहेका पवनको शरिरमा कुनै पनि धारिलो हतियार प्रयोग भएको छैन, अनुसंधान मै छौ ।’ घाइते पवनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ साथै मृतकको शव घटना मुचुल्का गरी पोष्टमार्टमको लागि पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक राई कतार एयवेजका कर्मचारी हुन । यसैबीच घटनाको जानकारी पाउने वित्तिकै भेरी अञ्चल प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यातले समेत घटनास्थल पुगेर अवस्थाको बारेमा जनाकारी लिनुको साथै घटनालाई गम्भीरतापूर्वक अनुसंधान गर्न निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीजका विषयमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह

१५ भाद्र २०७३, बुधबार ०४:३१
सदरलाइनडटकम १५ भदौ, नेपालगन्ज : नेपाली महिलाहरुले धुमधामका साथ मनाउने गरेको हरितालिका तीजका विषयमा सकारात्मक सन्देश प्रवाह गरेर भडकिलो हुन नदिन संचार माध्यमले विशेष पहल गर्नु पर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले भडकिलो तीज किन भन्ने विषयमा नेपालगन्जमा आयोजना गरेको सण्डे क्लब कार्यक्रममा बोल्ने अधिकांश […]