नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानलका उम्मेदवारको प्रोफाइल

८ भाद्र २०७३, बुधबार १३:४०
 

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरुले घरदैलो अभियान संचालन गरिरहेका छन । बिभिन्न ३ वटा प्यानलमा यहाँका ब्यापारीहरु चुनावी मैदानमा होमिएका छन । त्यही भिडमा नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानललले समेत ब्यापारीहरुलाई आप्mनो पक्षमा पार्ने प्रयास गरि रहेको छ । यसैबिच समावेशी प्यानलको सचिवालयले उपलब्ध गराएको समावेशी प्यानलका उम्मेदवारहरुको समाजिक तथा ब्यवसायीक जीवनशैलीलाई बिभिन्न सञ्चार माध्यामद्वारा ब्यापारी/मतदाताहरुसँग सम्बन्ध स्थापित गरिएको छ ।

 नन्दलाल बैश्य,अध्यक्ष पदका उम्मेदवार  

unnamed (1)

 नम्र स्वभावका सबैलाई सदैव आदर, सम्मान प्रकट गर्दै विहानीको सुरुवात गर्ने नन्दलाल बैश्य नेपालगन्जको स्थानीय समुदायभित्रको महान ब्यक्तित्व हुन । सामाजिक ब्यवसायी, सांस्कृतिक सहभागिताका साथ समावेशी प्यानल खडा गरी उर्जाशिल नेतृत्वको लागि अग्रसर हुँदै आएका बैश्य सम्पूर्ण ब्यवसायीमाँझ परिचित छन् । किशोर अवस्थादेखि ब्यवसायीक यात्रा थालेका बैश्यले आप्mनो जीवन नै सामाजिक कार्यमा समर्पण गर्दै आएका छन । नेपालगन्ज उद्योग वाणिज्य संघमा २०५१ सालदेखि साधारण सदस्य, उपसमिति संयोजक, निर्वाचित कार्यसमिति सदस्य हुँदै अत्यधिक मत प्राप्त गर्ने उपाध्यक्षसम्म आउँदा उनको कार्यशैली प्रति कसैले गुनासो गर्ने मौका पाएनन् । गत निर्वाचनमा प्राविधिक कारणवश झिनो मतान्तरमा पराजित हुँदा पनि अविचलित हुँदै त्याग, समर्पण गर्दै ब्यवसायीका हरेक समस्याहरुसँग जुध्दै आएका अध्यक्षका बलिया उम्मेदवार बैश्यले ब्यवसायीहरुको हक, हितको पक्षमा सधै वकालत गर्दै आएका छन् ।
    सामाजिक सद्भाव विकास गर्न जात, वर्ग, धर्म, क्षेत्र, लिङ्ग नभनी सबैलाई समान ब्यवहार गर्ने ब्यक्तित्वको रुपमा परिचित बैश्यलाई जिल्ला भित्रमात्र नभएर अन्य क्षेत्रका ब्यक्तिहरुले समेत उत्तिकै सम्मान गर्ने गरेका छन । नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यालयको पहरेदारको रुपमा आप्mनो उपस्थिति जनाउँदै आएका बैश्यले संस्थागत भातृत्व, पेशागत विकास र ब्यवसायिक एकता कायम राख्ने तमाम प्रतिवद्धताका साथ आफुलाई अधयक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गत निर्वाचनमा अध्यक्ष पदबाट पराजित भए पनि निरन्तर रुपमा ब्यवसायिहरुको सेवामा जीवन समर्पण गर्ने सक्षम ब्यक्तित्व आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि अकल्पनीय, निर्विकल्प र निर्बिवादित उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरेका छन ।

अब्दुल वाहिद मन्सुरी (चुन्ना) उपाध्यक्ष उद्योग तर्फ

unnamed (3)

जनप्रिय ब्यक्तित्वका धनी अब्दुल बाहिद मन्सुरी विगत १५ वर्षदेखि किराना ब्यवसायमा संलग्न हुँदै आएका छन । २०६४ सालमा उद्योग वाणिज्य संघको सदस्य पदमा विजयी भएयता उनी निरन्तर रुपमा ब्यावसयीको सेवामा समर्पित छन् ।   वर्तमान कार्यसमितिको द्वितिय उपाध्यक्ष समेत रहेका मन्सुरी नेपालगन्ज किराना तथा खाद्य ब्यवसायी संघको संस्थापक अध्यक्ष समेत हुन । यसैगरी वितरक संघको पूर्व केन्द्रिय सदस्य तथा लायन्स क्लब अफ सिद्धिबिनायकको अध्यक्षको भुमिका निर्वाह गरिसकेका मन्सुरीले चीन, हङकङ, थाईल्याण्ड, बङ्गलादेश, दुबई, मलेशिया, भारत लगाएत देशहरुमा ब्यापारीक यात्रा पुरा गरि सकेका छन् ।  स्नातक तहसम्मको शैक्षिक योग्यता प्राप्त गरेका मन्सुरी अजिज किराना स्टोर्स र समावेशी फुड्स प्रोडक्टको ब्यवसायमा संलग्न छन् । मृदुभाषी, मिलनसार ब्यक्तित्वका धनी र ब्यवसायिक हक, हितका लागि समर्पित सफल युवा ब्यवसायी मन्सुरी हालको निर्वाचनको लागि उद्योगतर्फ उपाध्यक्षको योग्य उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।        

दुर्गा प्रसाद भण्डारी उपाध्यक्ष (वाणिज्य तर्फ) 

२०५० सालदेखि नेपालगन्जको घरबारीटोलमा सागर रेडिमेडको unnamed (2)
नामबाट ब्यवसाय संचालन गर्दै आएका भण्डारी २०६९ सालको उद्योग वाणिज्य संघको निर्वाचनमा सर्वाधिक मत ल्याई विजयी भएका थिए । निरन्तर रुपमा ब्यवसायिहरुको पिर, मर्का र हक हितका लागि जीवन समर्पण गर्दै आएका भण्डारीले बिभिन्न समाजिक संघसंस्थामा समेत आप्mनो
नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।   टोल सुधार समिति, पैचो पसल प्रालि. हुँदै होटल पौवा प्रा.लि.का अध्यक्षको भुमिकामा रहेका भण्डारी नमुना ब्यापारी समुह र गुल्मेली समाजका सल्लाहकार समेत हुुन । लगनशिल, मेहनती, प्रष्टवक्ता र ईमान्दार ब्यवसायिका रुपमा यस क्षेत्रमै चर्चाको शिखरमा रहेका भण्डारी आसन्न निर्वाचनमा वाणिज्यतर्फ उपाध्यक्ष पदको दह्रो उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

ताराकुमारी खत्री (रोकाया) सदस्य पदका उम्मेदवार

unnamed (4)

नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य हुन । खत्री ब्यापार ब्यवसायमा महिला सहभागिता उल्लेख्य रुपमा हुनुपर्छ भन्ने मान्यता राखेकी उनले बिभिन्न संघसंस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरि सकेकी छन् ।

   स्नातक तह उत्तिर्ण गरि अध्यापनको अनुभव पनि संगालेकी सफल महिला ब्यवसायीको रुपमा आफुलाई उभ्याउँदै आएकी खत्रीले लायन्स क्लब, उज्यालो बचत तथा ऋण सहकारी संस्थाका अलावा अन्य थुप्रै संघसंस्थामा नेतृत्व सम्हालीसकेकी छन् । खोटाङबाट नेपालगन्ज आएको कम समयमै आफुलाई सामाजिक ब्यक्तिको रुपमा स्थापित गर्न सफल खत्रीलाई आसन्न वाणिज्य संघको निर्वाचनमा बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरेकी छन् ।

आदेशकुमार अग्रवाल सदस्य पदका उम्मेदवार

unnamed (6)  लियो क्लब अफ नेपालगन्जको पूर्व अध्यक्ष रहेका अग्रवाल नेपालगन्जको सफल ब्यवसायी मध्येका एक हुन । नेपालगन्ज उद्योग वाणिज्य संघको हालको कार्यसमिति सदस्य समेत रहेका अग्रवालले दुई कार्यकाल बिताईसकेका छन् । सञ्चार उद्यमी समेत रहेका अग्रवालले २०५० सालदेखि ब्यवसाय संचालन गर्दै आएका अग्रवालले रामदुत स्टेशनरी, रामदुत प्रिन्टर्स र वर्डलिङ्क कम्यूनिकेशन सेन्टर संचालन गर्दै आएका छन् । युवा व्यनवसायि अग्रवाल सञ्चार उद्यमी समेत भएकोले उनले आफुलाई मतदाता व्यावसायीको माझमा शसक्त रुपमा प्रस्तुत गरेका छन् ।

श्याम सुन्दर अधिकारी, सदस्य पदका उम्मेदवार

unnamed (5)२०५४ सालदेखि ब्यापारीक यात्रा प्रारम्भ गरेका अधिकारी प्युठान जिल्लाबाट ब्यवसाय संचालन कै लागि नेपालगन्ज आएका हुन । किराना तथा खाद्य ब्यवसायी संघको महासचिवको भुमिका निर्वाह गरी सकेका अधिकारी बिभिन्न संघसंस्थाका अलावा धार्मिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । आसन्न निर्वाचनमा सदस्य पदको उम्मेदवारको रुपमा खडा भएका अधिकारीले यहाँका ब्यापारी, ब्यवसायीको हक, हितको जिम्मेवारी बोध गर्दै आफुलाई निर्वाचनमा शसक्त रुपमा प्रस्तुत गरेका छन् ।

 

 


 

अब्दुल वाहिद अन्सारी (बब्लु),सदस्य पदका उम्मेदवार

14112074_10154383270268563_144637401_n

नेपालगन्ज औद्योगिक क्षेत्र संघको सदस्य समेत रहेका युवा व्यावसायी अन्सारी नेपाल विद्युत उत्पादक संघको सदस्यका साथै नेपालगन्ज ईलेक्ट्रीक तथा ईलेक्टोनिक्स एशोसियशनको सदस्य हुन । ईलेक्ट्रीक ब्यवसाय संचालन गर्दै आएका उनको हिमालय ईन्जिनियरिङ वर्कशप र ईलेक्ट्रो पावर ईन्जिनियरिङ पा.लि. संचालनमा रहेका छन । उनी अघिल्लो निर्वाचनमा समेत आफुले अत्यन्तै झिनो मतले पछाडि परेको भएपनि यो पटक भने मतदाता व्यावसायीको मन जितेर संघको नेतृत्वमा पुग्ने गरी प्रस्तुत भएका छन् ।

बिजय भण्डारी (बासु)सदस्य पदका उम्मेदवार

unnamed (7)

  सदैव युवा ब्यवसायिको पक्षमा आफुलाई प्रस्तुत गर्ने भण्डारी २०५६ सालदेखि निरन्तर रुपमा ब्यवसायमा संलग्न छन् । बिभिन्न सामाजिक कार्यका अलावा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्थाहरुमा आवद्ध रहि शैक्षिक क्षेत्रमा समेत उल्लेखनिय भुमिका निर्वाह गर्दै आएका भण्डारीले आसन्न निर्वाचनमा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन । युवा व्यावसायीको बिचमा केही गरौ भन्ने भावनाका साथ आफुलाई नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यासमिति सदस्यको लागि निर्वाचनमा होमिएका उनी आफ्नो उम्मेदवारी सम्पूर्ण युवाको प्रतिनिधित्वको रुपमा प्रस्तुत भएका छन् ।

अजय टण्डन,सदस्य पदका उम्मेदवार

unnamed (8)

ब्यवस्थापनमा स्नाकोत्तर शैक्षिक योग्यता प्राप्त अजय टण्डन नेपालगन्जमा पारिवारीक विशिष्ट पृष्ठभुमीका साथ चिरपरिचित अनुहार हुन । बिभिन्न संघ, संस्थाहरुको नेतृत्वमा रहि राष्ट्रिय एवं अन्तराष्ट्रिय पहिचान प्राप्त गरि शैक्षिक, सामाजिक, खेलकुद, स्वास्थ्य एवं अन्य क्षेत्रमा योगदान गरेका छन् । नेपालगन्जको चिरपरिचित व्यावसायीक घरानाको समेत प्रतिनिधित्व गर्दै उनी आसन्न निर्वाचनमा होमिएका छन् । पेट्रोलिययम व्यावसायीको रुपमा समेत आफ्नो पहिचना बनाउन सफल टण्डन शसक्त उम्मेदवार हुन ।

 

निरज गौतम, सदस्य पदका उम्मेदवार

unnamed (9)

शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पु¥याउदै आएका गौतमले २०४८ सालदेखि निरन्तर रुपमा ब्यापार, ब्यवसाय संचालन गर्दै आएका छन् । सिद्धिगणेश आरा मिल तथा सेन्चुरी ईन्फोटेकको सञ्चालनको माध्यायमबाट व्यावसयामा आफ्नो पहिचान बनाउन सफल भएका गौतम नेपालगन्ज बहुमुखी क्याम्पसको अध्यक्ष हुनुका साथै वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष तथा भिजन टेलिभिजनको लेखा सदस्यको रुपमा आप्mनो गतिबिधीहरु अगाडी बढाई राखेका आशालाग्दो उम्मेदवारको रुपमा परिचित छन् ।

  चिरन्जीवी ओली, सदस्य पदका उम्मेदवार

unnamed (10)पत्रकारिता क्षेत्रमा राम्रो दख्खल भएका ओलीले पत्रकारिता सँगसँगै ब्यवसायमा समेत आप्mनो पहिचान स्थापित गर्न सफल भएका छन । बिभिन्न संघ संस्थामा आवद्ध रहँदै सामाजिक, ब्यवसायीक सेवामा आफुलाई सक्रिय गराएका ओली नेपालगन्जका ब्यापारी माँझ परिचित नाम हो ।

  मोबाईल फोनको ब्यवसाय गर्दै आएका ओलीले सुरुवाती कालमा पत्रकारिता क्षेत्रबाट आप्mनो पवहिचान स्थापित गरेका थिए । सदस्य पदको बलियो उम्मेदवारको रुपमा उनले आफुलाई उभ्याएका छन् ।

हरीलाल न्यौपाने, सदस्य पदका उम्मेदवार

unnamed (11)

कर्मप्रति विश्वास राख्ने न्यौपाने हार्दिक स्टोरका प्रोप्राईटर हुन । संघर्ष नै जीवन हो भन्ने भनाईलाई मनन् गर्दैै बिभिन आरोह, अबरोहका बिच आप्mनो ब्यवसायीक धर्म निर्वाह गर्दै आएका न्यौपानेले स्थानीय स्तरमा हुनेगरेका सबै गतिबिधीमा उत्तिकै चासो देखाउने गरेका छन् । विभिन्न संघ संस्थामा आवद्ध रहेका न्यौपाने सामाजिक र ब्यवसायीक जीवनमा सफल ब्यक्ति मानिने उनी आफुलाई मतदातामाझ शसक्त रुपमा उभ्याएका छन् ।

अभय कुमार बस्नेत, सदस्य पदका उम्मेदवार

unnamed (12)
२०४३ सालमा कर्मचारीको रुपमा आप्mनो जीवन यात्रा सुरु गरेका
बस्नेत नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेनेटिभ एशोसियनको संस्थापक अध्यक्ष हुन । २०५२ सालमा अभिनय फार्मेसी संचालनमा ल्याएका बस्नेतले त्यस यता निरन्तर रुपमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आएका छन् । राष्ट्रिय खेलाडिको रुपमा समेत आप्mनो पहिचान बनाई सकेका बस्नेत नेपाल औषधि ब्यवसायी संघ भेरी अञ्चलको अध्यक्ष हुँदै केन्द्रीय सदस्यको भुमिका समेत निभाईसकेका छन् । उनी आफुलाई व्यावसायी मतदाता माझ दरिलो रुपमा प्रस्तुत गरेका छन्

टंक बहादुर धामी सदस्य पदका उम्मेदवार

unnamed (13)
ईमान्दारीता र नैतिकतालाई कायम गरी पूँजी विकास गर्ने सिद्धान्तमा विश्वास राख्ने धामी एक कुशल ब्यवसायी हुन । निकै भद्र स्वभावका धामीलाई अधिकाशंले वाणिज्य संघको आगामी नेतृत्वकर्ताको रुपमा समेत हेर्ने गरेका छन । २०५१ सालदेखि निरन्तर ब्यवसायमा संलग्न रहँदै आएका धामीले स्नातक तह सम्मको अध्ययन पुरा गरेका छन् । ब्यापार, ब्यवसायका अलावा धामीले बिभिन्न संघ संस्थाहरुमा समेत ठूलो योगदान पु¥याएका छन् ।

राजेश कुमार वैश्य, सदस्य पदका उम्मेदवार

unnamed (14)
२०४८ सालदेखि निरन्तर रुपमा ब्यापार ब्यवसाय गर्दै आएका बैश्य लामो समयदेखि नेपालगन्ज उद्योग वाणिज्य संघ निकट रहदै आएका छन । उनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै भए पनि जिल्लाका ब्यवसायीहरुको हक, हितको लागि अतुलनिय योगदान गर्दै आएको छन् । जिल्ला खेदकुद विकास समितिमा रहेर समेत कार्य सम्पादन गरि सकेका बैश्यको नेपालगन्ज क्षेत्रभित्र विजय वस्त्रभण्डार, तनिषा ईम्पोरियम, सगुन ईम्पोरियम संचालनमा रहेका छन । उनी समावेशी समुहका शसक्त उम्मेदवार हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघ हाँक्ने तयारीमा उम्मेदवार महिला

८ भाद्र २०७३, बुधबार १३:४०
  नेपालगन्ज उद्योग बाणिजय संघको भदौ ११ को निर्वाचनको लागि एक उपाध्यक्ष र ४ जना सदस्य पदमा गरी ५ जना महिला दुई प्यानलबाट निर्वाचन लड्दै छन् । सो निर्वाचनको लागि कपिल अधिकारी नेतृत्वको समावेशी साझा समूहबाट उपाध्यक्षमा रचना श्रेष्ठ, सदस्यहरुमा उषा थापा, मलती शर्मा सुवेदी र मन्दीरा पाण्डे रहेका छन् […]