बाँकेमा बाल सुधार गृह आवश्यक

५ भाद्र २०७३, आईतवार १२:१७
 

सदरलाइनडटकम
५ भदौ, नेपालगन्ज – बाँकेमा बाल सुधार गृह आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । जिल्ला बालकल्याण समितिको बैठकको सन्दर्भमा बाल सुधार गृहको आवश्यकता भएको औल्याइएको हो । चोरी तथा बालबिज्याईका घटनामा परेका १० देखि १६ वर्ष सम्मका बालकहरु हप्तामा २–३ जना वा कहिले काहि ५ जनासम्म प्रहरी नियन्त्रणमा आउने गरेको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
उनले भने–‘विभिन्न घटना जसलाई अदालतले बालबिज्याईको रुपमा परिभाषित गरेको घटनामा प्रहरीले नियन्त्रणमा लिएर अन्य अपराधि संगै राख्न नमिल्ने भएकोले बाल सुधार गृहको आवश्यकता तड्कारो रुपमा देखिएको छ ।’ imagesउनले जिल्ला प्रहरी कार्यालय बाँकेमा बालबालिकालाई राख्नको लागि ठाँउ नभएकोले बालबिज्याईमा परेका बालबालिका हिरासतमा नराखी बाहिरै राख्दा सो घटनाका पीडितहरु प्रहरीसंग भनाभनमै उत्रिने गरेको गुनासो गरे ।
जिल्लामा न्याय प्रक्रियामा आउने बालबालिकाको संख्या बढ्दै गएको र त्यस्ता बालबालिकालाई ठूला अभियुक्तसंगै थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न नपाइने भन्ने कानूनी ब्यवस्थाका कारण अपराध अनुसन्धानमा अप्ठेरो परेको कुरालाई मध्ये नजर राख्दै बैठकले बाँकेको हिरमिनियामा निर्माणाधिन अवस्थामा रहेको बालसुधार गृहलाई चाडै संचालनमा ल्याउन माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समिति बाँकेका अध्यक्ष रबिलाल पन्थको अध्यक्षतामा बसेको बैठकले बालसुधार गृह सिघ्र संचालनमा ल्याउन केन्द्रसंग अनुरोध गर्ने निर्णय गरेको समितिका सदस्य प्रभातकुमार ठकुरीले जानकारी दिए ।
सो बैठकले सिविन नेपाललाई पनि सञ्चालन गर्दै आएको बालगृह सञ्चालनमा ल्याउनको लागि संबन्धित संस्थालाई आग्रह गर्ने पनि निर्णय भएको उनले बताए । सिविनले सञ्चालन गरेको बालगृह बन्द भएपछि तत्काल बालसुधार गृहको आवश्यकता औंल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला बाल कल्याण समितिको बैठकले तत्काल बाल गृह सञ्चालनका आवश्यकता औंल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातान्त्रिक समुहका महिला उद्यमीलाई तीज भन्दा चुनावी रौनक

५ भाद्र २०७३, आईतवार १२:१७
सदरलाइनडटकम   ५ भदौ, नेपालगन्ज : नेपाली महिलाको महान चार्ड हरितालिका तीज आउन केही दिनमात्रै बाँकी हुँदा नेपालगन्ज महिला उद्यमी तथा महिला नेतृहरुलाई भने तीजको रमझम भन्दा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा नतिजा ल्याउन प्रचार अभियानलाई तीब्र पारेका छन् । ‘हाम्रो लागि यतिखेर तीज भन्दा बढी महत्व नेपालगन्ज उद्योग वाणिज्य […]