समावेशी साझा समूहको प्रतिवद्धता : नेपालगन्जको व्यावसाय र विकासलाई प्राथमिकता

४ भाद्र २०७३, शनिबार १४:४३
 

Ghoshanaसदरलाइनडटकम
४ भदौ, नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कपिल अधिकारीले नेतृत्व गरेको समावेशी साझा समूहले पश्चिम नेपालको व्यापारिक तथा औद्योगिक नगर नेपालगन्जलाई प्रदुषण रहित र सुन्दरीकरण गर्ने नीति र कार्यक्रम सार्वजनिक गरेको छ ।
समूहको न्यूरोडस्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलन गरी २७ बुँदे नीति र कार्यक्रम सहितको प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।
वाणिज्य संघको इतिहासमा ४९ वर्षदेखि अहिलेसम्म नेतृत्व गर्ने कुनै पनि समूहले नेपालगन्जको आर्थिक र भौतिक विकासलाई प्राथमिकता दिएको नदिएकोले आफ्नो समुहले यसलाई प्राथामिकता दिएको अध्यक्षका उम्मेदवार कपिल अधिकारीले दावी गरे । ‘नत व्यापारीहरुको व्यवसायीक सुरक्षा, संरक्षण हितका लागि कुनै नीति सार्वजनिक गरिएका थिए, हामीले पहिलो पटक ऐतिहासिक नगर नेपालगन्जको रानी तलाउ संरक्षण, वाटरपार्क निर्माण, वागेश्वरी मन्दिरक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सारेका छाँै’–उनले भने‘– नेपालगन्ज नगरलाई पर्यटकमैत्री शहरको रुपमा विकसित गदै लैजान पहल गरिने छ ।’ उनले नेपालगन्ज क्षेत्रमा विद्यमान विद्युत समस्याको अन्त्य गर्न थप १० मेघावाट विद्युत स्थायी रुपमा प्राप्त गर्न प्रभावकारी कदम उठाईने जानकारी दिए ।
जारी गरिएको घोषणा पत्रमा रानीतलाउमा म्यूजिकल सिस्टम, वातावरणीय स्वच्छता कायम गर्दै औद्योगिक चेतना फैलाउने, साना तथा मझौला उद्यमी ब्यबसायीहरुको क्षमता अभिबृद्धि, ब्यवसायीक प्रबद्र्धन गर्न कर शिक्षा, लेखा सम्बन्धी तालिम लगायत बिभिन्न कार्यक्रमहरु संचालन गरिने भनिएको छ ।
वाणिज्य कार्यालयमा फर्म प्रतिष्ठानहरु दर्ता र नविकरण गर्दा आफ्नो पुजी आफै घोषणा गर्न पाउनुपर्नेमा बाध्यात्मक रुपमा पुजीको सिलिंग तोकिदिनाले तथा नविकरण शुल्क र जरिवाना समेत अत्याधिक बढि भएकोले साना तथा मझौला उद्यमी ब्यवसायलाई ठूलो मर्का परेकाले नीतिगत सुधारका लागि पहल गर्ने, महिला उद्यमी ब्यवसायलाई लक्षित गरी ब्यवसायीक क्षमता अभिबृद्धि लगायत गरिने रहेकोछ
यसैगरी महिलाहरुद्धारा उत्पादित बस्तुहरुको बजार प्रवद्र्धनका लागि मेला महोत्सव लगायत महिला उद्यम प्रदर्शनी र संयुक्त बिक्री कक्ष स्थापना गर्ने, स्वदेशमा उत्पादित बस्तुहरु,घरेलु, लद्यु, कृषि र हस्तकला उत्पादनहरुको प्रवद्र्धनका लागि सकेसम्म हरेक बर्ष मेला महोत्सव आयोजना गर्ने , बाँके जिल्ला जडिबुटीको संकलन केन्द्र हुनाका साथै यस सम्बन्धी प्रशोधन उद्योग र निकासी ब्यापारको क्षेत्रमा उत्पन्न समस्या र ब्यवधानलाई निराकरण गर्न पहलकदमी लिइने घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षक संगठन र संघको छुट्टाछुट्टै तीज कार्यक्रम

४ भाद्र २०७३, शनिबार १४:४३
दरलाइनडटकम ५ भदौ, नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके महिला विभागले तीज विषेश कार्यक्रमको आयोजना कोहलपुरको त्रिभुवन उमाविमा सम्पन्न गरेको छ । संगठनका केन्द्रीय सचिव जया पौडेलको प्रमुख आतित्थ्यमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाका शिक्षक नेता एवं विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखको उपस्थिति रहेको थियो । संगठनका अध्यक्ष एकदेव […]

सम्बन्धित