नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक

२९ श्रावण २०७३, शनिबार १४:१०
 

 13892128_10154350314738563_7697007252306001573_n सदरलाइनडटकम
२९ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलले आफ्नो उम्मेदवारहरु सार्वजनिक गरेको छ । नेपालगन्जमा एक समारोह आयोजना गरी बैश्य नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।
सो प्यानलमा उद्योग तर्फको उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्यतर्फ दुर्गाप्रसाद भण्डारी रहेका छन । त्यसैगरी सदस्यमा तारा खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरीलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्य रहेका छन् ।
घोषणा सभा13925166_10154350314373563_2319475257990914848_n (1)मा बोल्दै अध्यक्ष पदका उम्मेदवार नन्दलाल बैश्यले व्यवसायीहरुको हकहितका लागि आफ्नो प्यानललाई भोट दिन आग्रह गरे । उनले आफु स्वयम बिगत लामो समयदेिख ब्यापारी, ब्यवसायीको हत, हितको लागि लड्दै आएको उल्लेख गर्दै ब्यपारीहरुको वास्तविक पीडा महशुस गरेको दावी गरे ।
बैश्यले ब्यापारी, ब्यवसायीको पीडा देख्दा आप्mनो मन पोलेको भन्दै त्यसलाई सहि रुपमा ब्यवस्थापन गर्न आप्mनो टिम सक्षम बताउदै भने–‘ हुनत म विगतमा पनि संघका विभिन्न पद बसेर काम गरेको अनुभव म संग छ । त्योे अनुभवले व्यावसायीको काममा मलाई उर्जा दिने छ ।’ उनले यसभन्दा अगाडिको निर्वाचनमा प्राविधिक कारणले अध्यक्ष पदमा हारेर पनि जितेको महसुस गरेर व्यवसायीहरुका हकहितका लागि निरन्तर काम गरिरहेको वैश्यले बताए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले प्यानललाई शुभकामना दिदै बैश्य नेतृत्वको टिम विजयी भएमा आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका कामहरु अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिजय संघका पुर्व अध्यक्ष तथा प्रतिष्ठित ब्यवसायी दामोदर आचार्यले सबै पक्षबिच सामुहिक भावना जागृत गराउनुका साथै ब्यवसायीहरुका साझा समस्या सुल्झाउन बिगत १० वर्ष पहिले समावेशी प्यानलको जन्म भएको स्मरण गराए ।
उनले समावेशी प्यानल आफैमा सक्षम नेतृत्व उत्पादन गर्ने ब्राण्डको रुपमा स्थापित भैसकेको उल्लेख गर्दै समावेशी प्यानललाई अत्याधिक मतले बिजयी बनाउन सबै ब्यापारी, ब्यवसायीहरुस“ग आग्रह गरे । कार्यक्रममा समावेशी प्यानलको घोषणा पत्र समेत सार्वजनिक गरिएको थियो । आगामी भदौ ११ गते हुन गईरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढ्दै जाने क्रममा बिभिन्न पक्षले आप्mनो प्यानल घोषणा गर्ने क्रम बढ्दै गएको छ । उम्मेदवार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपालगन्ज क्षेत्रका प्रतिष्ठिन व्यक्ति, उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
13939472_10154350314173563_7628991908837934810_n


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगारमा ठगिएकाहरु कानूनी उपचार खोज्दै !

२९ श्रावण २०७३, शनिबार १४:१०
सदरलाइनडटकम ३० साउन, नेपालगन्ज : बैदेशिक रोजगारको लागि जाने अधिकांश युवाहरु आफ्नै कारणले ठगिने गरेको पैरबी तथा सरोकारवाला निकाएका विज्ञको भनाई छ ।  ‘कसैको भनाईको मात्र भर गरेर श्रम स्वीकृति नै नदिएको मुलुकमा जाने भन्दै ‘एजेन्ट’को मात्र भर पर्दा ठगिएको भन्दै कानूनी उपचारको लागि पहल गरिदिन पीडितहरु आउने गरेका छन्’–बैदेशिक रोजगार […]