दाईजो मागगर्दै असरुल र उनको नाबालक छोरालाई चरम यातना

२७ श्रावण २०७३, बिहीबार १४:०९
 

सदरलाइनडटकम,
२७ साउन, नेपालगन्ज : दाईजो नल्याएको भन्दै घरपरिवारद्वारा बाँकेमा एक किशोरी र उनको डेढवर्षे बच्चालाई निर्मम याताना दिईएको
छ । नेपालगन्ज–२१ की १८ वर्षिया असरुल अन्सारी जोलाहलाई उनका पती, सासुससुरा र जेठाजुले ‘प्रसस्त दाईजो कि ४ लाख रुपैयाको माग गर्दै निर्मम तरिकाले कुटपिट गरेको पीडित असरुलले बताईन ।IMG_8544

  घटनाको लगत्तै उनलाई स्थानीयले उद्दारगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पु¥याईएको र दुईदिन उपचार पछि उनलाई भेरी अञ्चल अस्पताल रिफर गरिएको थियो । कुटपिटको कारण उनको आँखा हेर्नै नमिल्ने अवस्थाको छ भने शरिरका भित्रीअंगमा पनि चोट रहेको उनी बताउछिन ।


  भेरीअञ्चल अस्पतालको ११७ नं बेडमा भर्ना भएकी उनले भनिन–‘गत २० गते विहीबार साँझ कि दाईजो लिएर आइजा कि ४ लाख लिएर आईजा भनेर घरबाट निकाले म नगएपछि कोठामा लगेर कुट्न थाले ।’ उनले सासु बाबादैया अन्सारी, श्रीमान वसिम अन्सारी, ससुरा सब्बीर अन्सारी र जेठाजु नसिम अन्सारीले दाईजो लिन नगएको भन्दै निर्घात कुट्दा आफु पटक–पटक बेहोस भएको बताईन ।
‘विबाहको बेलामा जेठाजु नसिमले मेरो घरपरिवारलाई दाईजो चाहिदैन मात्रै छोरी दिनुहोस भनेर पटक–पटक दवाव दिएर विवाह गरायो तर, विबाह भएको छ महिनादेखि नै मलाई दाईजो ल्याएर आईजा भन्दै कुटपिट गर्दै यातना दिन थल्यो’ उनले भनिन–‘पहिला त घरको कुरा माईतिलाई के भनु भन्दै जति कुटे पनि सहदै बसे तर, अव त अति भयो त्यो अपराधीलाई कडा कारवाही हुनु प¥यो ।’

IMG_8538
भेरी अञ्चल अस्पतालको पेईङ्ग वार्डको ११७ नं बेडमा उनको उपचार हुँदै आएको छ । उनलाई कुटपिट गर्दा काखमा रहेको डेढ वर्षको छोरा आहिलसमेत घाइते भएको छ । उनले पहिला पनि दाईजो चाहियो भन्दै कुटपिट हुँदा तीनपटकसम्म माईती पक्ष र घरपरिवारका सदस्य बसेर मिला पत्र गराएको बताउदै भनिन–‘सुरुका दिनमा तीनपटक गाउमै मिलापत्र गराए । मिलापत्र भएपनि कुटपिट र अन्य यातना दिनेकाम रोकिएको थिएन । छोरा जन्मिसकेपछि पनि अति नै कुटेपछि जिल्ला प्रहरीमा बसेर मिलापत्र भएको हो यो पटक त मार्नै आँटेका थिए ।’
उनको विवाह दर्ता, नागरिकता नभएको अवस्था छ । बालिका अवस्थामै विवाह भएको कारण विबाह दर्ता र नागरिकता नबनेको र पटक–पटक नागरिकता बनाईदेउ भन्दा दाईजो ले अनीमा तलाई नागरिकता बनाई दिन्छु भन्ने गरेको उनले बताईन । उनका पती वसिमले सिलाईको काम गर्छन भने जेठाजुले कवाडका सामान किनबेच गर्दै आएका छन् ।IMG_8547  अस्पतालमै भेटीएकी असरुलकी आमा ईमामीन अन्सारीले विबाहको दाईजो दिन पर्दैन भनेको भएपनि आफ्नो तागत र हैसियतले भ्याएसम्म जन्तिलाई भोज र एकसरो सबै सामान दिएको बताउछिन । उनले भनिन–‘पहिला केही चाहिदैन भनेर बडप्पन देखाए तर, अहिले भने मेरी छोरीलाई दाईजो नल्याउदा मारे पनि ४–५ लाख खर्च गरेर बचाउछु भन्दै कुटपिट गर्न लगाउने नसिमलाई कडा कारवाही गर्नु पर्छ ।’
कुटपिटपछि बेहोस अवस्थामा स्थानीयले नेपालगन्ज मेडिकल कलेजमा उपचारको लागि पु¥याएका थिए । उनको उपचार माईती पक्षले नै गर्दै आएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले पीडिका पति वसीम तथा सासु बाबादैया अन्सारीलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जानकारी दिए । उनले भने–‘ पीडितको श्रीमान, सासु प्रहरी नियन्त्रणमा छन भने सो घटनामा संलग्न रहेको ससुरा सब्बीर र जेठाजु नसिम फरार रहेकोले उनीहरुको खोजी तीब्र पारिएको छ ।’ प्रहरीले सो घटनालाई ज्यानमार्ने उद्योगमा मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिरामी अवस्थाकि बेवारिसे बृद्धाको बाँके प्रहरीले ग¥यो उद्दार

२७ श्रावण २०७३, बिहीबार १४:०९
 सदरलाइनडटकम २७ साउन, नेपालगन्ज : नेपालगन्जको बुद्धचोकमा चार दिनदेखि बेवारिसे अवस्थामा रहेकी बृद्धालाई बाँके प्रहरीले उद्दार गरी उपचारको लागि भेरी अञ्चल अस्पताल पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईको टिमले ती बेवारिसे बृद्धालाई उद्दार गरी उपचारको लागि अस्पताल पु¥याएको हो । बिरामी अवस्थामा रहेकी […]